Logo

५२ अंकले बढ्यो सेयर बजार, अतिरिक्त बाहेक सबै समुहमा हरियाली

५२ अंकले बढ्यो सेयर बजार, अतिरिक्त बाहेक सबै समुहमा हरियाली



काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५२ दशमलव २१ अंकले उकालो लागेको छ । पछिल्ला दिनहरुमा लगातार ओरालो लागिरहेको बजारमा बिहीबार भने उछाल आएको हो ।

laxmi

नेप्सेका अनुसार आज अतिरिक्त समुहबाहेकका सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी वित्त समुहको परिसुचक उकालो लागेको छ । आज वित्त समुहको परिसुचक ५ प्रतिशतले उकालो लाग्दा विकास बैंक समुहको परिसुचकमा ४ दशमलव ७९ प्रतिशतको वृद्धि देखिएको छ । यस्तै आज जलविद्युत समुहको परिसुचक ४ दशमलव १२ प्रतिशत, र इन्भेष्टमेन्स समहुको परिसुचक ४ दशमलव २ प्रतिशतले बढेको छ ।

आज जीवन बीमा, व्यापार, निर्जिवन बीमा, उत्पादनमुलक र माईक्रोफाईनान्स समुहको परिसुचकमा २-२ प्रतिशतको वृद्धि देखिन्छ । बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा भने बिहीबार १ प्रतिशत अर्थात १६ अंकको वृद्धि देखिएको छ ।

आज दिनभर २२६ कम्पनीका ५६ लाख १० हजार ६ सय ३१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL