Logo

एनआईसी एशिया बैंकको सम्पत्ति लिलामसम्बधी जानकारी अनलाइन पोर्टलमा उपलब्ध, यसरी सहजै हेर्न सकिने

एनआईसी एशिया बैंकको सम्पत्ति लिलामसम्बधी जानकारी अनलाइन पोर्टलमा उपलब्ध, यसरी सहजै हेर्न सकिने



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरु लिलाम बिक्री गर्न सहज बनाउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरिसकेको छ ।

बैंकका अनुसार यस पोर्टलमार्फत बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा लिलाम बिक्रीमा राखिएका धितो सम्पत्तिसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।

ग्राहकले लिलाम बिक्रीसम्बन्धी बैंकले प्रकाशन गर्ने सूचनामा रहेको क्युआर कोड स्क्यान गरेर पोर्टलमा प्रवेश गर्न सक्नेछन् । सो पोर्टलमा लिलाममा रहेका सम्पत्तिहरुको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र स्थान (लोकेशन) पहिचानका लागि गुगल म्यापसहितका विवरण समेटिएका छन् ।

ग्राहकले रुचि राखेका सम्पत्तिको बारेमा थप जानकारी लिन चाहेमा सो पोर्टलमा उपलब्ध मेसेज बक्स प्रयोग गरी आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी सोधपुछ गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्