Logo

‘कर्पाेरेट पे’ अब अनलाईनबाटै रजिष्टर गर्न सकिने, यस्तो छ प्रक्रिया

‘कर्पाेरेट पे’ अब अनलाईनबाटै रजिष्टर गर्न सकिने, यस्तो छ प्रक्रिया



काठमाडौं । व्यावसायिक भुक्तानीको प्ल्याटफर्म ‘कर्पोरेट पे’मा अनलाइन रजिष्टर गर्न सकिने सुविधा पनि थप गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रक्रिया पूरा गरी सम्बन्धित बैंकरवित्तीय संस्थाबाट सेवा सुरु गर्न सक्नेछन् ।

laxmi

प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक(पटक गरिने भुक्तानीको लागि ‘क्विक पेमेन्ट’, खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन् ।

अनलाइन रजिष्ट्रेसनका निम्ती बैंकरवित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुले वेबसाइटमा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यक्ता अनुरुप हाइरारकियल रोल असाइन गरी, बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिष्ट्रेसन प्रकृया पूरा गर्न सक्दछन् र सो अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंकरवित्तीय संस्थाले सब्मिट गरिएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्नेछन् ।

यस अनलाइन सुविधासँगै ग्राहकहरुले बैंकरवित्तीय संस्थाको शाखा नपुगिकनै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी बैंकबाट एक पटक मात्रै अप्रुभल लिई सेवा सुचारु गर्न सकिने हुँदा कर्पोरेट पे प्रणालीमा आवद्ध हुन झन् सहज हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL