Logo

भारतको हियरेबल्स ब्राण्ड इम्याजिन र नेपालको टेलिटकबीच सम्झौता, अब नेपालमै ‘बोटका उत्पादन सुपथ मूल्यमा पाईने

भारतको हियरेबल्स ब्राण्ड इम्याजिन र नेपालको टेलिटकबीच सम्झौता, अब नेपालमै ‘बोटका उत्पादन सुपथ मूल्यमा पाईने



काठमाडौं । भारतको वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ र नेपाली कम्पनी टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । नेपाली उपभोक्तासम्म ‘बोट’ का हियरेबल्स र वेरेबल उत्पादनहरु पुर्याउनका लागि सोमबार दुई कम्पनीबीच सम्झौता भएको हो ।

laxmi

सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरुको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर रहने छ । यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरुले समयको मागसंगै उच्च गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरु उपभोग गर्न पाउने टेलिटक प्रालिले जानकारी दिएको छ ।
कम्पनीका उत्पादनहरु नेपालमा पनि ल्याउन पाउँदा खुसी लागेको इम्याजिन मार्केटिङ लिमिटेडका सीईओ विवेक गम्भीरले बताए ।

उनले आफ्नो उद्धेश्य सम्पूर्ण युवा उपभोक्ताहरुलाई उनीहरुको चाहना अनुरुपको अडियो सोल्युसन प्रदान गर्नु भएको बताएका छन् । ‘हाम्रो ब्रान्डलाई विश्वभरीका उपभोक्ताहरुमाझ पुर्याउन हामी सधैंँ प्रयासरत छौँ,’ उनले भने, ‘र यो हाम्रो लागि महत्वपूर्ण कदम हो ।’

इम्याजिन मार्केटिङ लिमिटेडले बोट ल्याब्स मार्फत उत्पादनहरूको डिजाइन, अनुसन्धान, विकास र प्रविधि जस्ता प्लेटफर्महरू विकास गर्नमा ठुलो लगानी गरेको छ । कम्पनीले ब्लुटुथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य इलेक्ट्रोनिक उत्पादनहरू निर्माण र विकास गर्नको लागि हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग जोइन्ट भेन्चरमा प्रवेश गरेको छ ।

टेलिटक प्रालिका कार्यकारी निर्देशक प्रतीक जलानले बोटले वर्षौंदेखि स्टाइलिश र राम्रो काम गर्ने उच्च–गुणस्तरीय अडियो उपकरणहरू मार्फत आफ्नो बलियो ब्रान्ड इक्विटी निर्माण गरेको जानकारी दिए । उनले यो साझेदारी मार्फत नेपाली उपभोक्ताहरूलाई सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको उत्पादन उपलब्ध गराउने लक्ष्य राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL