Logo

कुमारी बैंकको कामू सीईओको जिम्मेवारी रामचन्द्र खनाललाई, भीआरएस अन्तरगत बाहिरिए अनुजमणि र महेश

कुमारी बैंकको कामू सीईओको जिम्मेवारी रामचन्द्र खनाललाई, भीआरएस अन्तरगत बाहिरिए अनुजमणि र महेश



काठमाडौं । कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राचन्द्र खनालले पाएका छन् । यस अघि बैंकको प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारीमा रहेका खनाललाई सोमबार बसेको संचालक समितिको बैंठकले कामू सीइओको जिम्मेवारी दिएको हो ।

laxmi

बैंकका कामू प्रमुख कार्यकारी अधिकृत रहेका अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ महेश तिमिल्सिनाले गायक योगेश्वर अमात्यको जग्गा नक्कली धितो राखेर बैंकले ऋण दिदा उनीहरुको भुमिकामाथि प्रश्न उठेपछि राजिनामा दिएका थिए । संचालक समितिको बैंठकले उनीहरुले दिएको राजीनामा स्वीकृत गर्दै खनाललाई कामू सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैंकमा कामू प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ महेश तिमिल्सिना स्वेच्छिक अवकास लिएर बाहिरिएका हुन् । समाचार स्रोतका अनुसार उनीहरुले भीआरएस अन्तरगत १ बर्षभन्दा बढीको तलव लिएर बाहिरिएका हुन् ।

बैंकका तत्कालिन सीईओ सुरेन्द्र भण्डारीको गत असारमा कार्यकाल सकिएसँगै उक्त पद खाली रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL