Logo

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्कोे बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।

laxmi

नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो ।

रिक्त पदका लागि माग गरिएको आवदेनमा कार्की सहित ११ जनाले आवेदन दिएका थिए । जसमध्ये विभिन्न चरणमा छनौट गर्दै कार्की सहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गरिएको छ । सोही मध्येबाट मन्त्रिपरिषदको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।

पाल्पाका कार्की उपसचिवबाट सेवा निवृत्त सरकारी कर्मचारी हुन्

प्रतिक्रिया दिनुहोस्
MBL