Logo

नेप्से फ्ल्यासब्याक २०२१ : लगानीकर्ता तनावमा, च्याखे थाप्नेका लागि सुखद

नेप्से फ्ल्यासब्याक २०२१ : लगानीकर्ता तनावमा, च्याखे थाप्नेका लागि सुखद



काठमाडौं । सन् २०२१ सेयर कारोबारीको लागि सुखद र दुखद दुबै पक्षबाट सम्झन योग्य रहयो । यो बर्ष नेप्से परिसुचक सबैभन्दा उच्च विन्दुमा पुग्दा लगानीकर्ताका लागि सुखद बन्न पुग्यो । नप्से इतिहासमै सबैभन्दा बढी इन्ट्राडे नेप्से परिसुचक सबैभन्दा उच्च ३२६९.८० अंक पुगेर उच्चतम विन्दु ३१९८.६० अंकमा बन्द हुन पुगेको थियो ।

laxmi

यसैगरी कारोबारका हिसावले पनि सन् २०२१ लगानीकर्ताका लागि सुखद रहन पुग्यो । यो बर्ष हालसम्मकै उच्च एकै दिन २१ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । नेप्से परिसुचक १८०० बन्दुबाट झरेर ११ सय अंकसम्म आएर बुलिस ट्रेण्ड समात्दा सन् २०२१ का परिसुचकका साथै कारोबार रकमले समेत हालसम्मका सबै रेकर्ड ब्रेक गरेको थियो ।

नेप्से परिसुचक र कारोबार रकम उच्च बढिरहँदा लगानीकर्ताले समेत उच्च रुपमा नाफा बुक गर्न सफल भएका थिए । छोटो समयमा नेप्से परिसुचक उच्च अंकमा बढ्दा लगानीकर्ताहरुमाझ लगानीका लागि सबैभन्दा उत्तम नै सेयर बजार बन्न पुगेको थियो । तर दुर्भाग्यनै लगानीकर्तामा देखिएको उक्त उल्लास बर्षभरी टिक्क सकेन ।

सन् २०२१ को पूर्वार्धमा सेयर बजार लगानीकर्ताका लागि सुखमय देखिएपनि उत्तरार्धमा आईपुग्दा त्यतिकै दुखद रहन पुग्यो । नियमक निकायले समयसापेक्ष गर्ने नीतिगत परिवर्तन, उच्च तरलता संकट, ब्याजदरमा हुने अनेपेक्षित वृद्धि, राजनीतिक दलका नेताहरुको अनावश्यक चासोजस्ता कारणले गर्दा यो बर्ष लगानीकर्ताका लागि तनावपूर्ण रहन पुग्यो ।

सुरुवाती समयमा नेपाल राष्ट्र बैंकले क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थालाई घ बर्गका लघुवित्तीय कम्पनीको सेयर खरिदमा रोक लगायो । जसका कारण बाध्य भएर बैंक तथा वित्तीय संस्था त्यसबाट बाहिरन पर्यो भने बजारमा त्यस्ता कम्पनीको सेयरको बिक्री चाप पर्दा बजार केही घट्न पुग्यो । यसैगरी नियामक निकाय धितोपत्र बोर्डले बजारमा इन्साईडर ट्रेडिङ र पम्प एण्ड डम्प भइरहेको आशंका सहित विभिन्न ५१ कम्पनीका सेयर खरिदमा सचेत रहन सार्वजकिन रुपमा सुचना नै निकाले लगानीकर्तालाई सशुचित गरायो । जसका कारण जलविद्युत कम्पनीको सेयर मुल्यमा उच्च गिरावट आयो । लगानीकर्ताले धितोपत्र बोर्डले सचेत रहन गराएको जानकारीलाई लिएर नकारात्मक बन्दा बजारमा गिराव आएको थियो ।

कारोना महामारीका समयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रबाह नहुँदा उनीहरुले समेत सेयर बजारमा ठूलो मात्रामा अल्पकालिन लगानी गरेका थिए । तर राष्ट्र बैंकले त्यस्ता संस्थालाई धितोपत्रको दोस्रो बजारमा निश्चित सीमा तोकेर १ बर्षभन्दा कम अबधिका लागि लगानी गर्न नपाईने कानूनी व्यवस्था गरिदिँदा बैंकले गर्ने अल्पकालिन लगानी समेत रोकिन पुग्यो । राष्ट्र बैंकको उक्त व्यवस्थाले दिर्घकालिन रुपमा सेयर बजारमा राम्रो गरेपनि तत्कालका लागि संस्थागत ठूला लगानीकर्ताको रुपमा रहेको बैंक वित्तीय संस्था बाहिरिँदा बजारमा बिक्री चापय पर्न पुग्यो भने बजारमा केही गिरावट आयो ।

कोरोना पछिको आर्थिक पुनरुत्थानसँगै कर्जाको मागमा वृद्धि हुँदा बजारमा तरलता अभाव बढ्दै जाँदा राष्ट्र बैंकले विभिन्न खालका नीतिहरु अबलम्बन गर्यो । राष्ट्र बैंकले आफुले लाईसेन्स दिएका बैंकहरुलाई पारदर्शी र बलियो बनाई तरलता व्यवस्थापन गर्न नीतिगत नयाँ व्यवस्था गरेपनि लगानीकर्ताको बुझाई भने सेयर बजार माथिको प्रहान भन्ने रहन गयो । जस स्वरुपमा राष्ट्र बैंकले सेयर धितो कर्जामा एकाघर परिवारमा एउटा बैंकबाट ४ करोड र बढीमा १२ करोड रुपैयाँ मात्र कर्जा लिन सक्ने व्यवस्था गरेसँगै बजारमा ८ सयभन्दा बढी अंकको गिरावट आयो । उक्त व्यवस्था हटाउन केही लगानीकर्ताहरुले अर्थ मन्त्री र गभर्नरको राजिनामा माग गर्दै आन्दोलन गरेपनि अहिलेको अवस्था उक्त व्यवस्था कुनै पनि हालतमा परिमार्जन गर्न नसकिने निष्कर्ष सरकार पक्षको रहयो भने हालसम्म पनि सोही व्यवस्थाले नै निरन्तरता पाईरहेको छ ।

सोही अनुरुप ३२ सय अंक माथि पुगेको बजार घट्दै इन्ट्राडे कारोबारमा नेप्से परिसुचक २१०४.८५ अंक सम्म झरेको थियो भने दैनिक कारोबारको आधारमा २१६५.४९ अंकमा झरेर रोकिन पुग्यो । सेयर धितो कर्जामा लागेको विभिन्न लगात तथा बजारमा तरलता अभाव हुँदा सोही बर्ष दैनिक सेयर कारोबार १ अर्ब ४९ करोड रुपैयाँसम्मा झरेको थियो । जसका कारण कतिपय लगानीकर्ताले नेप्से परिसुचक ११ अंकमा हुँदा बजार प्रवेश गरेर उच्च विन्दुमा पुगेर हालको अवस्थासम्म आईपुग्दा कमाउनुको सट्टा गुमाउन पुगेका छन् ।

यो बर्ष बजारमा प्राविधिक विश्लेषक, पुराना लगानीकर्ताभन्दा भन्दा पनि नवप्रवेसी अल्पकालिन कारोबारीले बढी नाफा बुक गर्न सफल भए । विशेषगरी लकडाउनका कारण अन्य क्षेत्र बन्द हुँदा बजारमा प्रवेश गरेका मालसामान आयात गर्ने आयातकर्ता, पर्यटन क्षेत्रका लगानीकर्ताहरु र जलविद्युतका संस्थापकहरुले राम्रो नाफा बुक गर्न सफल भए । बजार न्यून बिन्दुमा हुँदा लकडाउनका कारण बजार प्रवेश गरेका आयातकर्ताहरु बजार उच्च विन्दुमा पुग्दा सबै क्षेत्रमा भएको लकडाउन खुलेका कारण आफ्नै पुरानो पेशमा फर्किन बाध्यताबस बजारबाट निष्किए । जुनवेला बजार उच्च विन्दुमा पुगेको थियो भने त्यसरी बाहिरिदा उनीहरुले राम्रो नाफा बुक गर्न सफल भए ।

बजारमा पछिल्लो समयको बढ्दो तरलता अभाव, छोटो समयमा ठूलो रकम लगानी गरेर व्यापारीहरु लकडाउन खुलेका कारण नाफा बुक गरेर बाहिरिएका कारण बजारमै रहिरहेका अन्य लगानीकर्ताहरु भने बढी मारमा परे । जसका कारण बढ्दो बजारमा उच्च नाफामा रहेका त्यस्ता लगानीकर्ता प्रफिट बुक गर्न नसक्दा अहिले घाटामा देखिएका छन् । उनीहरुका लागि सन् २०२१ दुखद रहन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्
MBL