Logo

सुनको भाउ एकैदिन १७ सयले बढ्यो, प्रतितोला ५१ हजार ५ सयमा कारोवार

सुनको भाउ एकैदिन १७ सयले बढ्यो, प्रतितोला ५१ हजार ५ सयमा कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१६ मंसिर, काठमाडौं । सुनको मुल्य एकैदिन १ हजार ७ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४९ हजार ८ सयमा आइपुगेको सुन मंगलबार ५१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ५१ हजार २ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ भने चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

स्विस नेशनल बैंकले सुनको होल्डिङ बढाउनु पर्छ भन्ने प्रस्तावमा मतदान गर्दा त्यसको विरुद्धमा बढी मत परेपनि सुनको भाउ भने बढीरहेको छ । सोमबार भने मतदानको असरले गर्दा सुनको भाउ घटेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL