Logo

बुटवलमा खुल्यो स्कोडाको नयाँ शोरुम, गाडी बुक गर्ने ग्राहकलाई छुटैछुट

बुटवलमा खुल्यो स्कोडाको नयाँ शोरुम, गाडी बुक गर्ने ग्राहकलाई छुटैछुट



काठमाडौं । युरोपेली अटोमोबाइल कम्पनी स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राईजेजले बुटवलमा नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले नयाँ स्टेट अफ द आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटीसहितको उक्त शोरुम मंगलबारदेखि संचालनमा ल्याएको हो ।

कम्पनीका अनुसार आजैदेखि संचालनमा ल्याईएको नयाँ शोरुम रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेवारी पाएको छ ।

नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।

स्कोडाको नयाँ शोरुमको उद्घाटन ५नम्बर प्रदेशका उद्योग तथा वाणिज्यमन्त्री अजय शाही र एमएडब्लु स्कोडा डिभिजन कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका हुन् ।

नयाँ शोरुमको उद्घाटन गर्दै एमएडब्लु स्कोडाका डिभिजन कार्यकारी निर्देशक रौनक अग्रवालले उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट स्कोडा सोरुम संचालनमा ल्याएको बताए । उनका अनुसार उक्त फेसिलिटीले पश्चिमी नेपालमा स्कोडाको उपस्थितिलाई झनै बलियो बनाउनेछ ।

उद्घाटन समारोहपछि प्रदेशमन्त्री अजय शाहीले स्कोडा बुक गरेका ग्राहकहरुलाई साँचो हस्तान्तरणसमेत गरेका थिए । नयाँ शोरुमले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्ने भएको छ । यस अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने कम्पनीले जानकारी दिएको छ ।

हाल पोेखरा, नारायणघाट, विराटनगर, विरगंज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL