Logo

साढे ४७ लाख लगानीकर्ता देखाएर सिमित व्यक्तिले कब्जा गर्दै सेयर बजार, यसरी हुँदैछ गेम्लिङ

साढे ४७ लाख लगानीकर्ता देखाएर सिमित व्यक्तिले कब्जा गर्दै सेयर बजार, यसरी हुँदैछ गेम्लिङ



काठमाडौं । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजार सम्बन्धी गरेको टिप्पणी अहिले नि ठ्याक्कै मिल्दो छ । उनले तत्कालिन समयमा सेयर बजारलाई वैधानिक जुवाघरको संज्ञा दिएका दिए । अर्थात धेरै व्यक्तिको पैसा संकलन गरेर सिमित व्यक्तिले लिने । अहिले सेयर बजारमा पनि त्यहि नियम लागू भएको छ ।

laxmi

सेयर बजारमा हुने घटवढलाई बजारको सुन्दरता मानिन्छ । तर हिजोअस्ति बजारमा जसरी गिरावट आयो र आज जसरी कारोबार खुला भएको साढे २ घण्टा नवित्दै बजारमा ६ प्रतिशतले बढेर दिनभरका लागि बन्द हुन पुग्यो त्यसले पुँजी बजारमा सिमिति व्यक्तिको स्वार्थमा गेम्लिङ सुरु भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘हिजो अस्ति पनि सिमित स्वार्थ केन्द्रित लगानीकर्ताले कोही कसैको भनाईलाई आधार बनाएर बजार नियोजित रुपमा घटाएका थिए,’ एक लगानीकर्ताले भने, ‘त्यस्ता स्वार्थ समुहले हिजो अस्ति जुनजुन कम्पनीको सेयर घटाएर खरिद गरेका थिए अहिले आएर तिनै कम्पनीको सेयर बिक्री गर्न उच्च मुल्यमा वृद्धि गरिएको छ ।’

बजारमा डिम्याट खातालाई देखाएर साढे ४७ लाख लगानीकर्ता भनिएपनि बजार सिमित व्यक्तिको स्वार्थमा चल्दै आएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । लामो समयदेखि गिरावट आएको बजार आईतबार र सोमबार पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भनाईलाई देखाएर उच्च रुपमा घटाएका थिए । ‘कुनै एक कार्यक्रममा अप्रत्यासित रुपमा दाहालको मुखबाट सेयर बजार सम्बन्धी अभिव्यक्ति जसरी आयो त्यो पनि कुनै व्यक्तिको स्वार्थमा नियोजित रुपमा बोल्न लगाइएको जस्तो लाग्छ,’ एक लगानीकर्ताले भने, ‘स्वार्थ समुहले हिजो अस्तिका दिनमा जुन कम्पनीको मुल्य उच्च रुपमा घटाएर सेयर उठाए अहिले तिनै समुहले सेयर बिक्री गर्नका लागि बजार बढाईरहेका छन् ।’

सेयर बजारमा साढे ४७ लाख लगानीकर्ताको उपस्थिती रहेको भनिएपनि त्यसबाट सिमित लगानीकर्ताले मात्र फाइदा लिइरहेको समेत सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘तरलता अभावका कारण अहिले ठूला र पहुँच भएका बाहेक धेरै लगानीकर्ताहरु वित्तीय पहुँच बाहिर छन् भने त्यस्ता लगानीकर्ताले मार्जिन कलको प्रेसरमा आफुसँग भएको सेयर पनि सस्तोमा बिक्री गरिसकेको छन्,’ ती लगानीकर्ताले भने, ‘अहिले बजारमा साना लगानीकर्तालाई चेपुवामा पारेर ठूला पुँजी भएका सिमित लगानीकर्ताले मात्र कमाउने खेल भैरहेको छ ।’

यदि बजारले उकालो यात्रा तय गरेको भए आज सामान्य बढेर विस्तारै बढ्नु पर्ने थियो । तर हिजोसम्म १ सय अंकको गिरावट आउने र आजैबाट बजार दिनभर पनि टिक्न नसक्नेगरी साढे २ घण्टामै बढेर सर्किट लाग्नुले बजारमा गेम्लिङ भैरहेको सहज रुपमा अनुमान लगाउन सकिने लगानीकर्ताहरुकै विश्लेषण रहेको छ । मंलबार सर्किट लागेर बन्द भएको बजारमा विकास बैंक समुह हालसम्मकै उच्च ९.२ प्रतिशतले बढेको छ भने हिजोअस्ति उच्च गिरावट आएको फाइनान्स र जलविद्युत समुहको परिसुचमा पनि सोही अनुरुप वृद्धि भएको छ ।

मंगलबार बजार सर्किट लागेर बन्द भएपनि कारोबार रकम ज्यादै न्यून रहेका कारण बजारको वृद्धि दिगो हुने सम्भावना ज्यादै न्यून रहेको अर्का एक लगानीकर्ताले जानकारी दिए । ‘बजार ६ प्रतिशतले बढ्दा जग्मा पौने २ अर्ब रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ,’ ती लगानीकर्ताले भने, ‘बजारमा भएको सेयर कारोबारको संख्यालाई हेर्ने हो भने पनि सिमित समुहले आफुसँग भएको सेयर मुल्य बढाउन सानो सानो संख्यामा मुल्य बढाएको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL