Logo

साढे २ घण्टामै सर्किट लागेर दिनभरका लागि बन्द भयो सेयरबजार, ४३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

साढे २ घण्टामै सर्किट लागेर दिनभरका लागि बन्द भयो सेयरबजार, ४३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको छ । लगातार उकालो लागिरहेको नेप्से परिसुचक दिउँसो १ बजेर २६ मिनेट जाँदा ६ प्रतिशतले बढेपछि आज दिनभरका लागि कारोबार बन्द भएको हो । सबै समुहका परिसुचक उकालो लाग्दा आज परिसुचक १३७ दशमलव १८ अंकले बढेर २४ सय १८ को विन्दुमा पुगेको छ ।

laxmi

आज कारोबार रकम भने १ अर्ब ८४ करोड २६ लाख ४७ हजार रुपैयाँ पुगेको छ । दिउँसो साढे १ बजेसम्म कुल २ सय २० कम्पनीको ४० लाख ८५ हजार ९ सय ५६ कित्ता सेयर २९ हजार ६४ पटक किनबेच भएका छन् ।

यसरी किनबेच हुँदा सबैभन्दा बढि जिवन बीमा समुहका लगानीकर्ताले कमाएका छन् । यो समुहको परिसुचक मंगलबार ६६१ अंकले उकालो लाग्दा निर्जिबन बीमा समुहको परिसुचक ६४५ अंकले बढेको छ । यस्तै बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक ६८ अंकले घट्दा विकास बैंक समुहको परिसुचक ३ सय ५८ अंकले बढेको छ ।

आज ४३ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस्तै आज १ सय ८८ कम्पनीको सेयरमूल्य उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।

पछिल्ला केहिदिनयता मौद्रिक नीतिको समिक्षा, अर्थमन्त्रीको भाषण, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अभिव्यक्तिले नेप्सेमा लगातार गिरावट आईरहेको थियो । पछिल्लो २ दिनमा मात्रै नेप्सेमा १ सय ६८ अंकको गिरावट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL