Logo

२ घण्टा नबित्दै ५ प्रतिशतले बढ्यो नेप्से, ४० मिनेटका लागि कारोबार स्थगित

२ घण्टा नबित्दै ५ प्रतिशतले बढ्यो नेप्से, ४० मिनेटका लागि कारोबार स्थगित



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से कारोबारमा पोजेटिभ सर्किट लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज साढे १२ बजेसम्म ५ प्रतिशतले बढेपछि कारोबार ४० मिनेटका लागि बन्द भएको हो । कारोबार भएको २ घण्टा नबित्दै बजार ५ दशमलव ०१ प्रतिशतले बढेको छ ।

laxmi

नेप्सेका अनुसार अहिलेसम्म २१ं८ कम्पनीका ३२ लाख ६४ हजार ३ सय ५८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १ अर्ब ४५ करोड ६० लाख ८३ हजार रुपैयाँ पुगेको छ । हालसम्म सबै समुहका परिसुचकहरु उकालो लाग्दा सेयर बजार १ सय १४ दशमलव २५ अंकले बढेर २३ सय ९५ को विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL