Logo

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच सम्झौता, अब १६० देशबाट सिधै नेपालमा पैसा पठाउन सकिने

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच सम्झौता, अब १६० देशबाट सिधै नेपालमा पैसा पठाउन सकिने



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र रिया मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । बिहीबार देखि अमेरिका, युरोप लगायत १ सय ६० देशहरुमा रहेका नेपाली नागरिकहरुले खल्तीमार्फत सिधै नेपालमा पैसा पठाउन सक्ने भएका हुन् । यस्तै उक्त पैसा मोबाईल वालेटमा लोडसमेत गर्न सकिनेछ ।

laxmi

सम्झौतामा सिटी एकसप्रेसको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवन डी फील्डर ले हस्ताक्षर गरेका थिए ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । सिटी एक्सप्रेसका देशभरीका १२ हजार बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL