Logo

सोमबार पनि नेप्से ओरालो लाग्यो, परिसुचक ५ अंकले घट्यो

सोमबार पनि नेप्से ओरालो लाग्यो, परिसुचक ५ अंकले घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ मंसिर, काठमााडैं । नेप्से परिसुचक सोमबार पनि ५ दशमलव ४५ अंकले घटेको छ । बजार खुलेपछि शुरुमा केही समय उकालो लागेको नेप्से परिसुचक अन्नत ओरालो लागेर ८ सय ५१ दशमलव ४३ अंकमा आइपुगेको छ ।

सोमबार बजारमा उत्पादन मुलक र अन्य समुहका परिसुचक वाहेक सवै परिसुचक ओरालो लागेका छन् । जसमा सवैभन्दा बढी जविद्युत् समुहको परिसुचक ओरालो लागेको छ । उक्त समुहको परिसुचक २२ दशमलव २५ अंकले घटेको छ । बजारमा अन्य समुहका परिसुचक भने १० भन्दा कम अंकले घटेको छ । यस्तै, उत्पादन मुलक र अन्य समुह पनि सामान्य रुपमा मात्र बढेको छ ।

कारोवार रकम भने आइतबारको तुलनामा सामान्य बढेको छ । सोमबार १३ करोड ९६ लाख रुपैयाँ बरावरको ३ लाख ८७ हजार कित्ता सेयर कारोवार भएको छ । तर, आइतवार ११ करोड ५६ लाख रुपैयाँ बरावरको २ करोड ११ लाख कित्ता सेयर मात्र कारोबार भएको थियो । हाल बजारमा भइरहेको करोबार अघिल्ला दिनको तुलनामा एकदमै कम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL