Logo

नेप्सेको सीईओ बन्न ११ जनाले दिए आवेदन, सूचीसहित

नेप्सेको सीईओ बन्न ११ जनाले दिए आवेदन, सूचीसहित



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नका लागि ११ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम मिति अर्थात आजसम्म ११ जनाले आवेदन दिएको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जानकारी दिएको छ ।

laxmi

महाशाखाका अनुसार उक्त पदका लागि नेप्सेकै कामु प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँल, नेप्सेकी कामु प्रबन्धक प्रबिन पन्दाक, आरबिबि मर्चेण्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृत कार्यरत बद्री प्रसाद प्याकुरेल, आरबिबि मर्चेण्ट बैंकिङका पुर्व प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी, जीवन अमगाई, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, केशव प्रसाद श्रेष्ठ, छवीराज पन्त र रमेश घिमिरेले आवेदन दिएका हुन् ।

पदपूर्ती समितिले ११ मध्येबाट ३ जनाको नाम सर्टलिस्ट गरी नियुक्तीका लागि सिफरिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL