Logo

चेम्बर एक्स्पोको मुख्य आकर्षणः हेरिटेजको म्याट्रेस, २ दिनमा १० हजारले गरे अवलोकन

चेम्बर एक्स्पोको मुख्य आकर्षणः हेरिटेजको म्याट्रेस, २ दिनमा १० हजारले गरे अवलोकन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चेम्बर एक्स्पोमा हेरिटेजको ‘रवराइज्ड कोयर म्याट्रेस’ मुख्य आकर्षण बन्न पुगेको छ । आधुनिक प्रविधिबाट निर्मित उक्त म्याट्रेस आकर्षक डिजानका हुनुका साथै आरामदायी भएकोले मेलाको मुख्य आकर्षण बन्न पुगेको हो ।

मेला शुरु भएको २ दिनमा १ हजार थानभन्दा बढी म्याट्रेस विक्री भइसकेको हेरिटेज ग्रूपका अध्यक्ष हेमराज ढकालले जानकारी दिए । ‘मेलालाई लक्षित गरी उपभोक्तालाई २५ प्रतिशत छुट तथा फ्री होम डेलिभरीको व्यवस्था गरिएको छ,’ उनले भने, ‘जसले गर्दा बुकिङ गर्नेको एकदमै भीड लागेको छ ।’

नरिवलको जटाबाट निर्मित उक्त म्याट्रेस सुत्नका लागि एकदमै आरामदायी भएको ढकाल बताउँछन् । हेरिटेजको उक्त म्याट्रेस ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ सम्मका उपलब्ध छन् । ५ इन्चदेखि १२ इञ्च मोटाइमा उपलब्ध उक्त म्याट्रेस ग्राहकले आफ्नो रुची र क्षमता अनुसारका खरिद गर्ने सक्ने छन् ।

mattriss

मेलामा पूर्व प्रधानमन्त्री देखि नेपाल सरकारका पूर्व सचिवसम्मले अवलोकन गरेको एक्स्पो संयोजक राष्ट्रभुषण चाकुबजीले जानकारी दिए । ‘एक्स्पोमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालदेखि सरकारका सचिवसम्मले अवलोकन गरेका छन्,’ उनले भने, ‘२ दिनमै १० हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् ।’ यस्तो अवस्थामा पनि एक्स्पो एकदमै उत्साहजनक सहभागिता रहेको छ । शनिबार अझै बढी भीड हुने उनले जानकारी दिए ।

५ दिनसम्म चल्ने उक्त एक्स्पोमा  राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका विभिन्न पेभेलियन छन् । एक्स्पोमा अवलोकन कर्ताले रुचिअनुसारका उपभोग्य सामाग्रीहरु एकै थलोमा खोज्न र किनमेल गर्न सक्नेछन् । मेलामा अटो मोवाईल, ईलेक्ट्रिकल तथा ईलेक्ट्रोनिक्स, फ्लोरिङ तथा फर्र्नििसङ, घरेलु उपकरणहरु, भान्सा, फेसन वेयर, मोबाईल लागयतका सामग्री रहेका छन् । मेलाको मुख्य प्रायोजक हेरिटेज कार्पेट रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL