Logo

सेयर बजारमा उच्च गिरावट आउँदा १८३ कम्पनीको सेयरमूल्य घट्यो, कारोबार रकममा भने सुधार

सेयर बजारमा उच्च गिरावट आउँदा १८३ कम्पनीको सेयरमूल्य घट्यो, कारोबार रकममा भने सुधार



काठमाडौं । ओरालो यात्रा तय गरेको सेयर बजार साताको अन्तिम दिन उच्च अंकसहित घटेको छ । बिहीबार बिहानैदेखि ओरालो लागिरहेको बजार अन्तिम समयसम्म आईपुग्दा ७६ दशमलव ६५ अंकले घटेको हो । नेप्सेका अनुसार आज बजारमा कारोबार भएका कम्पनीहरुमध्ये सबै समुहको परिसुचकसँगै १८३ कम्पनीको सेयरमूल्यसमेत ओरालो लागेको छ ।

laxmi

आज बजारमा सबैभन्दा धेरै अंकको गिरावट जिवन बीमा समुहको परिसुचकमा देखिन्छ । जिवन बीमा समुहको परिसुचक ४५२ अंकले ओरालो लाग्दा निर्जिवन बीमा समुहको परिसुचकमा भने ३८३ अंकको गिरावट आएको छ । यस्तै वित्त समुहको परिसुचक १३९ अंकले ओरालो लाग्दा विकास बैंक समुहको परिसुचकमा १९७ अंकको पहिरो गएको छ । बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा बिहीबार ४१ अंकको गिरावट आएको छ ।

बिहीबार दिनभर कारोबार भएको बजारमा कुल २२९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ९ अर्ब ३ करोड ३९ लाख नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL