Logo

रोलिङ बजार डटकमको आउटलेट संचालनमा, जुम्लाको दालदेखि खोकनाको तेलसम्म एकै स्थानमा पाइने

रोलिङ बजार डटकमको आउटलेट संचालनमा, जुम्लाको दालदेखि खोकनाको तेलसम्म एकै स्थानमा पाइने



काठमाडौं । अनलाईन सपिङ सेवा रोलिङ बजार डटकमले ललितपुरको कुपण्डोलस्थित महादेवस्थानमा आफ्नो आउटलेट संचालनमा ल्याएको छ । नेपाली उत्पादनहरुको प्रवर्द्धनसँगै स्वदेशी उद्यमीहरुको क्षमता विस्तार र बजार व्यवस्थापन गर्न आउटलेट संचालनमा ल्याएको हो । कम्पनीका अनुसार उक्त आउटलेटमा बिषादीरहित तरकारी, स्थानीय फलफूल, विभिन्न ठाउँको लोकल चामल, दाल, मसला, तेल, मकैको च्याख्लालगायत वस्तुहरु उपलब्ध हुनेछन् । यस्तै सातु, घरेलु महिला, अपाङ्ग तथा वैदेशिक रोजगारीमा गई फर्केका नेपालीहरुले बताएका कला र शिल्पका वस्तुहरुसमेत सुपथ मूल्यमै उपलब्ध हुनेछन् ।

laxmi

रोलिङ बजारले नेपालमा उत्पादन गरिएका विभिन विभिन्न वस्तुहरुको उचित बजार व्यवस्थापनसँगै विदेश निर्यातको पनि सेवा दिईरहेको छ । यस्तो कायैले नेपली उद्यमीहरुलाई बजार व्यवस्थापन तथा अन्य विभिन्न झन्झट झेल्नुनपर्ने भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले नेपालमै उत्पादन भएका वस्तुहरुको खपत बढाउन र नेपाली उद्यमीहरुको हौसला बढाउन रोलिङ बजार डटकम संचालनमा ल्याएको जानकारी दिएको छ । जसमा नेपालभरका स्थानीय खाद्यवस्तु तथा नेपाली उद्यमीले बनाएका वस्तुहरु समावेश छन् । कम्पनीले कुनैपनि वस्तुको गुणस्तर जाँच नगरी वेबसाइटमा नराख्ने, २४ घण्टा सातै दिन सेवा दिने, अर्डर गरेको २ देखि ३ घण्टाभित्रै सामान डेलिभरी हुनेलगायतका सरल सुविधाका कारण दैनिक १ लाख रुपैयाँ बढिको कारोबार गरिरहेको जानकारी दिएको छ ।

कम्पनीले तीजका लागि भन्दै ताजा तरकारी तथा अन्य खाद्यवस्तुमा ५ प्रतिशत छुटको व्यवस्था गरेको छ । जसमा ताजा फलफूल, घ्यु, बिषदीरहित तरकारी, दुध, खुवालगायतमा ५ प्रतिशत छुट दिने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL