Logo

नेप्सेका सीईओ चन्द्रसिंह साउँदले दिए राजीनामा, अर्थमन्त्रालयमा बुझाए राजीनामा पत्र

नेप्सेका सीईओ चन्द्रसिंह साउँदले दिए राजीनामा, अर्थमन्त्रालयमा बुझाए राजीनामा पत्र



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले पदबाट राजीनामा दिएको बताएका हुन् । केहि समय पहिले अर्थमन्त्रालय पुगेर राजीनामा दिएका उनले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा सार्वजनिक गरेका हुन । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए ।

अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्ने बताउँदै आएका छन् । तर पत्रकार सम्मेलनमा बोल्दै उनले नेप्से नियामक निकाय नभएको र सोही अनुसार आफुले पूँजी बजारलाई आफ्नो हातमा लिएर सेयर किनबेच नगरेको बताए ।

यस्तै आफ्नो ४ बर्षे कार्यकालमा नेपालमा पूँजीबजारमा राम्रो प्रगति भएको बताए । धितोपत्र बजारको विकास र यसको आचारसंहितालाई ध्यानमा राख्दै राजीनामा दिएको उनको भनाई छ । उनको चार बर्षे कार्यकाल यहि कार्तिकमा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL