Logo

एसयुभी स्कोडा कुशाकको बिक्री शुरु, सुरुवाती मूल्य ४९ लाख ९० हजार

एसयुभी स्कोडा कुशाकको बिक्री शुरु, सुरुवाती मूल्य ४९ लाख ९० हजार



काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको बिक्री शुरु गरेको छ ।

सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिने कम्पनीले जनाएको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको छ ।

स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले स्कोडा कुशाक मार्फत अटोमोबाइल बजारको सबैभन्दा रोमाञ्चक सेग्मेन्टमा प्रवेश गरेका बताए । उनले भने, ‘कुशाक स्टाइलिस मात्र होइन रोबस्ट, वेल–बिल्ट, सेफ, स्पेसियस, फिचरले भरिएको र फ्युचर–प्रुफ छ । यसमा विश्वमै परिचित टीएसआई प्रविधि राखिएको छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफायनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो । पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल इन्जिन हो ।’

रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर गज्जवको छ । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् । एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

डिजाइन


नयाँ कुशाक ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । यसको ह्विलबेस २६५१ एमएम छ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ ।

इन्टेरियर

स्कोडा कुशाकमा आरामदायी इन्टेरियर छ । यसको बीचमा फ्रि–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टच स्क्रिन र टु–स्पोट मल्टि फङ्सन स्टेरिङ छ । यसको बुट क्षमता ३८५ लिटर हो जसलाई पछाडीको सिट फोल्ड गरेर १४०५ लिटरसम्म बनाउन सकिन्छ । एम्बिसन भेरियन्टदेखि कुशाकमा एम्बियन्ट लाइटिङ छ जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ । त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरु क्रोम–प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर प्रयोग गरिएको छ ।


इन्जिन

नयाँ कुशाकमा अत्याधुनिक र इफिसेन्ट टिएसआई इन्जिन राखिएको छ जसले इन्टरनेशनल इन्जिन अफ द इयर अवार्ड हासिल गरिसकेको छ । डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनले इन्धन खपतलाई कम गराउँछ । ३ सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र १७८ एनएम टर्क उत्पन्न गर्छ । यसले उत्पन्न गर्ने उर्जालाई फ्रन्ट ह्विलमार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यु जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिने कम्पनीले जनाएको छ ।

इन्फोटेन्मेन्ट

नयाँ कुशाक दुई आधुनिक इन्फोटेन्मेन्ट सिस्टमको अप्सन सहित उपलब्ध छ । यी दुवैले स्मार्टलिंक टेक्नोलोजी मार्फत स्मार्ट फोनसँग कनेक्ट गर्छ । एम्बिसन र स्टाइल ट्रिममा २५.४ सेन्टिमिटरको टचस्क्रिन छ भने एक्टिममा १७.७८ सेन्टिमिटरको टच स्क्रिन रहेको छ । यो इन्फोटेन्मेन्ट सिस्टममा डुअल ट्युनर, वाइफाइ हटस्पट, ह्यान्डफ्रि फोन कलका लागि एक्सटरनल माइक्रोफोन, भ्यालेट मोड र वायरलेस स्मार्टलिंक हुनेछ । कुशाकमा ६ वटा स्पिकर हुनेछ जसले गुणस्तरीय आवाजको ग्यारेन्टी गर्नेछ ।

यसमा अगाडि डाटा कनेक्ट र चार्जिङको लागि सेन्टर कन्सोलमा दुई वटा र पछाडि मोबाइल डिभाइस चार्जिङका लागि दुई वटा युएसबी सी पोर्ट हुनेछ । स्टाइल ट्रिममा वायरलेस चार्जर समेत रहेको छ । कुशाकमा एअर केयर फंक्सनसहितको टच कन्ट्रोल्ड क्लाइमेट्रोनिक पनि रहेको छ ।

सुरक्षा

कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्याण्डर्ड भएको सेग्मेन्टकै पहिलो एसयुभी हो । साथै यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको छ । यसमा धेरै एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् । साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ । ६ वटा एअर ब्याग र सबै पाँच सिटका लागि थ्रि प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा रहेको छ । बच्चाहरुको सुरक्षाका लागि यसमा आइसोफिक्स र टप टेदर एन्कर रहेको छ ।

यसमा पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा पनि छ । साथै एबीएस, इबीडी, एक्सडीएससहितको इडीएस, एचबीभी र बीएसडब्लु जस्ता ब्रेकिङ फिचर यसमा छन् ।

मूल्य

नेपाली बजारमा कुशकको मूल्य एक्टिभ एमटी भेरियन्टको ४९ लाख ९० हजार तोकिएको छ । एम्बिसन एमटीको ५३ लाख ९० हजार, एम्बिसन एटीको ५८ लाख ९० हजार, स्टाइल एमटीको ६० लाख ९० हजार, स्टाइल एटी ६५ लाख ९० हजार तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL