Logo

जीवन बीमा सम्बन्धी निर्देशिका जारी : बीमा गर्दा स्रोत खुलाउनुपर्ने, यस्ता छन् नयाँ व्यवस्था (निर्देशिका सहित)

जीवन बीमा सम्बन्धी निर्देशिका जारी : बीमा गर्दा स्रोत खुलाउनुपर्ने, यस्ता छन् नयाँ व्यवस्था (निर्देशिका सहित)



काठमाडौं । बीमा समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमालेख स्वीकृति प्रकृयालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपमा कायम गर्न बीमा ऐन २०४९ अनुसार उक्त निर्देशिका जारी गरेको जानकारी दिएको छ ।

नयाँ व्यवस्था अनुसार बीमालेख तयार पार्दा न्यूनतम ५ बर्षको कायम गरी तयार गर्नुपर्ने छ भने म्यादी जीवन बीमाको १ बर्षको हुनुपर्ने छ । साथै बजार अनुसन्धानको प्रतिवेदन, जोखिमको पहिचान, आंकलन तथा न्युनीकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना र न्युनतम ३ वर्षको वित्तीय प्रक्षेपण बीमालेखको व्यवसायिक योजना तयार पार्नु पर्दछ ।

नयाँ निर्देशिका अनुसार बीमा कम्पनीले बीमालेख अन्तर्गत ३ वर्षको बीमाशुल्क प्राप्त भएपछि मात्रै बीमालेख समर्पण गर्न पाउने छन् । साथै बीमालेख धितो राखि ऋण लिन पनि ३ बर्षको समयावधि कुर्नुपर्ने छ । यसअघि १ बर्ष पुरा भएपछि उक्त बीमालेख धितोमा ऋण लिन सकिने व्यवस्था थियो ।

यसैगरी बीमा गर्दा आम्दानीको स्रोत खुलाउनु पर्ने छ । यस्तो व्यवस्था बार्षिक ५ लाखभन्दा बढिको बीमा शुल्क भुक्तानीमा लागू हुनेछ ।

जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को पुर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्
MBL