Logo

नेप्सेको ओरोलो यात्रा कायमै, कारोबार रकम साढे ४ अर्बमा सीमित

नेप्सेको ओरोलो यात्रा कायमै, कारोबार रकम साढे ४ अर्बमा सीमित



काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक साताको दोस्रो दिन सोमबार पनि घटेको छ । कारोबार सुचारु समयदेखि नै घट्दै गएको परिसुचक कारोबारको अन्तिम समयमा ११ दशमलव ७८ अंकसहित ओरालो लागेको हो ।

आज बजारमा २ सय २४ कम्पनीका १ करोड ६३ हजार ६ सय ३६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ पुगेको हो । बजारमा रहेको विभिन्न उपसमुहमध्ये आज व्यापार, उत्पादनमुलक, अन्य, म्युचुअल फण्ड, र इन्भेष्टमेन्ट बाहेक सबै उपसमुहका परिसुचक ओरालो लागेका छन् ।

आज बजारमा दिनभरी २८ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ५१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै आज ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको नेप्सेले जानकारी दिएको छ ।

आज धेरै सेयरमूल्य बढ्ने कम्पनीको सूचिमा बीशाल बजार कम्पनी, हिमालयन डिस्ट्रलरी, छ्याङ्दी जलविद्युत कम्पनी र सिइडीबी जलविद्युत कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL