Logo

सुनको मूल्य प्रतितोला २ सयले उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला २ सयले उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । पछिल्लो समय बढिरहेको सुनको मूल्यले आज पनि निरन्तरता दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ ।

यसरी शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लाग्दा आज सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोताल १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २५ रुपैयाँ पुगेको हो । शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL