Logo

सामान्य अंकले बढेको नेप्सेमा लगानीकर्ता दबाबमा, ९६ कम्पनीको मूल्य घट्दा पौने ८ अर्बको कारोबार

सामान्य अंकले बढेको नेप्सेमा लगानीकर्ता दबाबमा, ९६ कम्पनीको मूल्य घट्दा पौने ८ अर्बको कारोबार



काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचक सामान्य अंकले बढेको छ । सोमबार दोहोरो अंकले बढेको बजार आज ५ दशमलव ११ अंकले उकालो लागेको हो ।

laxmi

यस्तो आज कारोबार रकममा पनि गिरावट आई ७ अर्ब ७२ करोड ५५ लाख रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज कारोबार समयभरी २ सय १९ कम्पनीका १ करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता सेयर किनबेच भएका थिए । बजार सामान्य अंकले बढ्दा बैंकिङ, होटल तथा पर्यटन, लघुवित्तलगायत ५ उपसमुहको परिसुचक उकालो लाग्दा व्यापार, विकास बैंक, जलविद्युतलगायत ७ समुहको परिसुचकका पहिरो गएको छ ।

यसरी पहिरो जाँदा बेस्ट फाईनान्स, रिलायन्स फाईनान्स, राधी जलविद्युत कम्पनीलगायत कम्पनहरुका सेयर लगातीकर्ताले केही गुमाएका छन् भने, सबैको लघुवित्त, सिभिल लघुवित्तलगायत कम्पनीहरुका लगानीकर्ताले भने फाईदा कमाएका छन् ।

सोमबार बजार सामान्य अंकले बढेपनि कमाउने भन्दा गुमाउनले कम्पनीका लगानीकर्ता बढि रहेका छन् । दिनभर भएको कारोबारमा ९८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ८० कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL