Logo

जिवन विकास लघुवित्तको आईपीओ आजबाट निष्काशन, न्युनतम १० कित्ताका लागि आवेदन दिन पाईने

जिवन विकास लघुवित्तको आईपीओ आजबाट निष्काशन, न्युनतम १० कित्ताका लागि आवेदन दिन पाईने



काठमाडौं । जीवन विकास लघुवित्तको साधारण सेयर (आईपीओ) आजबाट निष्काशन भएको छ । कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ आजबाट निष्काशन तथा बिक्री खुल्ला भएको हो ।

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४ सय २० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२।५० प्रतिशत सेयर निष्काशन गर्न लागेको हो ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्वेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL