Logo

सेयर विश्लेषक भन्छन्, बजारमा ‘डेड क्याट बाउन्स’ को संकेत देखियो, लगानीकर्ता सजक हुनुपर्छ

सेयर विश्लेषक भन्छन्, बजारमा ‘डेड क्याट बाउन्स’ को संकेत देखियो, लगानीकर्ता सजक हुनुपर्छ



काठमाडौं । पछिल्लो समय सेयर बजारमा बढि चर्चा भएको शब्द हो ‘डेड क्याट बाउन्स’ (मरेको बिरालो उफ्रने) । सेयर बजारले ओरालो गति लिइरहँदा जब बजार एक्कासी माथि उठ्छ र फेरी सोही सोही गतिमा गिरावट आउँछन् त्यसले डेड क्याट बाउन्सलाई प्रमाणित गर्छ ।


गत हप्तादेखि उच्च अङ्कमा ओरालो यात्रा तय गरेको बजारमा जसरी मंगलबार बजार बढेर बुधबार सोही अनुपातमा घट्न पुग्यो त्यसले डेड क्याट बाउन्सको संकेत गरेको सेयर विश्लेषक मुक्ति अर्याल बताउँछन् । ‘मेरो अनुमानमा हिजो जसरी बजार बढेको थियो आज पनि झिनो गिरावट वा बजार केहि बढेर धान्निछ भन्ने थियो,’ उनले भने, ‘तर अघिल्लो हप्तादेखि घटेको बजारमा हिजो जसरी बढेर आज पुनः त्यसरी नै घट्न पुग्यो त्यसले डेड क्याट बाउन्सलाई संकेत गरेको छ ।’ तर अझै पनि बिहीबार बजारले कुन गति लिन्छ त्यसले स्पष्ट संकेत गर्ने उनको तर्क थियो । अहिलेको बजारमा भइरहेको घटबढले लगानीकर्तालाई अर्लट गराएको उनको भनाई थियो । 

नेपालको सेयर बजार ११ सय अङ्कबाट छोटो समयमा बढेर जसरी ३ हजार अंक पार गर्यो त्यसले बजारलाई दिगो बनाउन कठिन हुने एक अर्का लगानीकर्ताले बताए । ‘.अहिलेको बजार धेरै लगानीकर्ता एवं सेयर विश्लेषकहरूको अनुमान विपरित छोटो समयमा उच्च अंक पार गर्यो,’ ती लगानीकर्ताले भने, ‘बजार जुन गतिमा बढ्छ त्यही गतिमा घट्ने सम्भावना पनि उच्च रहन्छ ।’ 

छोटो समयमा बढेर ३ हजार अङ्क पार गरेको नेप्सेले पछाडि फर्कने बाटो खोजिरहँदा नेपाल राष्ट्र बैंकको सर्कुलर र धितोपत्र बोर्डले छानविनलाई आधार बनाएर ओरालो यात्रा तय गरेको समेत ती लगानीकर्ताले जानकारी दिए । ‘बजार एउटा विन्दुबाट फर्कन कारण खोजिरहँदा नियामकको उक्त कसीले थप सहज बनाइदिएको छ,’ ती लगानीकर्ताले भने, ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा सर्टटर्म कारोबारमा रोक लगाएर ५० लाख रुपैयाँभन्दा बढि कर्जा लिने ग्राहकहरूलाई जसरी छानविनको दायरामा ल्याएको छ त्यसले बजारलाई अझै असर गर्ने देखिन्छ ।’ यस्तो अवस्थामा केही ठूला लगानीकर्ताहरू क्षणिक समयको लागि बजार धान्नका लागि गेम्लिङ लाग्ने भएकाले साना तथा सोझासिधा लगानीकर्ताहरू थप चनाखो हुनुपर्ने समेत ती लगानीकर्ताले जानकारी दिए । 

यसैगरी एक लगानीकर्ताले सामाजिक संजालमार्फत लेखेका छन्, बुधबारको डेड क्याट बाउन्स हो कि हैन भन्ने बजार लगातार बढेर रेसिस्टेन्स ब्रेक गर्यो भने बाई सिग्नल जेनेरेट हुन्छ र यो डेड क्याट बाउन्स होइन। रेसिस्टेन्स ब्रेक नगरि बजार फर्क्यो भने यो डेड क्याट बाउन्स हो । जुन बुधबार भएको घटाईले स्पष्ट संकेत गर्छ । साजै सोमबारसम्मको घटाइमा छुटेकालाई मंगलबार बेच्ने मोका दिएको हो। त्यसैले एक चरणको रजिस्टेन्स ब्रेक नगरून्जे अहिलेलाई ट्रेडिङको हिसाबले बाई पोजिसन छैन।

अघिल्लो हप्तामात्रै नियामक निकाय धितोपत्र बोर्डले विभिन्न ५१ ओटा कम्पनीको सेयरमा कर्नरिङ र सर्कुलर ट्रेडिङ गरेर मूल्य बढाएको र सो सम्बन्धमा छानविन भैरहेको भन्दै विज्ञप्तिनै जारी गरेको थियो । साथै त्यस्ता कम्पनीमा केकसरी लगानीकर्ताले गलत नियतले कारोबार गरेका थिए सो विषयमा थप अनुसन्धान भैरहेको समेत बोर्डले जानकारी दिएको छ । बोर्डको उक्त छानविनले गलत तरिकाबाट बजारमा प्रवेश गर्ने लगानीकर्तालाई समस्या पर्ने र उनीहरु बाहिरिँदा  बजारमा करेक्सन आउने सम्भावना रहेको समेत सम्बद्ध लगानीकर्ताहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्
MBL