Logo

धितोपत्र बोर्डले थाल्यो सेयर कर्नरिङ र सर्कुलर ट्रेडको अनुसन्धान : निसानामा जलविद्युत र लघुवित्त, स्रोतको समेत छानविन गरिने

धितोपत्र बोर्डले थाल्यो सेयर कर्नरिङ र सर्कुलर ट्रेडको अनुसन्धान : निसानामा जलविद्युत र लघुवित्त, स्रोतको समेत छानविन गरिने



काठमाडौं । धितोपत्र बोर्डले सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङको छानविन शुरु गरेको छ । पछिल्लो सयम सिमित लगानीकर्ता समुहले बजारमा कम कित्ता सेयर भएका कम्पनीको सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङ गर्न थालेको बुझिएपछि हाल अनुसन्धान थालिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बिजखबरलाई बताए । ‘अहिले बजारमा भैरहेको अस्वभाविक मूल्य वृद्धि हेर्दा सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङ भएको आशंका भएको छ’ उनले भने, ‘सिमित लगानीकर्ताका कारण बजारमा धेरै लगानीकर्ता नफसुन भन्ने उद्देश्यले हामीले सोको छानविन शुरु गरेका हौं ।’

laxmi

उनका अनुसार बोर्डले छुट्टै अनुसन्धान टीम बनाएर छानविन शुरु गरेको छ । उक्त टीमले सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङका साथै बजारमा भैरहेको लगानीको स्रोतको समेत अनुसन्धान तथा छानविन गर्ने छ ।

पछिल्लो समय विशेषगरी जलविद्युत र लघुवित्त कम्पनीका सेयरमा अनावश्यक चलखले हुँदै मूल्यमा वृद्धि गर्न थालेपछि अनुसन्धान शुरु गरिएको समेत उनले जानकारी दिए । ‘त्यस्ता कम्पनीको सेयर कसले कति किनेका छन् कति होल्ड गरेका छन् त्यसको विस्तृत विवरण मगाएर अनुसन्धान गर्न शुरु गरेका छौं,’ उनले भने, ‘छानविन गरी अनावश्यक रुपमा सेयर कर्नरिङ गर्ने र सर्कुलर टे«डिङ गर्नेलाई कारबाहीको दायरामा ल्याउने छौं ।’

यसैगरी ठूला कित्ता सेयर खरिद गरेर सेयर कर्नरिङ गरी ड्राई आउटको अवस्था सिर्जना गर्ने लगानीकर्ताहरुको लगानीको स्रोतको समेत छानविन गरिने बोर्डले जानकारी दिएको छ । पछिल्लो समय सिमिति लगानीकर्ताहरुले बजारमा ठूलो रकम प्रवेश गराउँदै ठूलो संख्यामा सेयर खरिद गर्दै कर्नरिङ गर्दै आएका छन् । साथै त्यस्ता लगानीकर्ताले कुन स्रोतबाट रकम ल्याएर बजारमा प्रवेश गरे, उक्त स्रोत बैध हो वा होइन सो विषयमा समेत सम्बद्ध निकायसँग आवश्यक विवरण मगाएर विस्तृत रुपमा छानविन गरिने ढुंगानाले जानकारी दिए । साथै
पछिल्लो समय लगानीकर्ताहरुले चलखेल गर्दै क्षेत्रगत रुपमा सिमिति कम्पनीको मूल्य अनावश्यक रुपमा बढाएको बोर्डको निष्कर्ष रहेको छ ।

यस अघि पनि बोर्डले बजारमा उच्च कारोबार हुँदा कालोधन (स्रोत नखुलेको रकम) भित्रिएको आशंकामा अनुसन्धान गरेको थियो । बोर्डले अनुसन्धान शुरु गरेसँगै बजारबाट धेरै लगानीकर्ता बाहिरिदा कारोबार रकममा गिरावट आएको थियो भने बजारमा उच्च उतारचढाव हुन रोकिएको थियो । अहिले पनि बोर्डले बजारमा सेयर कर्नरिङ गर्दै ड्राई आउट गरेको, सर्कुलर ट्रेड गरेको र सोही मात्रामा बजारमा स्रोत नखुलेको रकम भित्रिएको आशंकामा छानविन शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL