Logo

बर्खास्तीमा परेको सात महिनामा थप शक्तिशाली बन्दै फर्किए कुलमान, ऊर्जासहित तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी

बर्खास्तीमा परेको सात महिनामा थप शक्तिशाली बन्दै फर्किए कुलमान, ऊर्जासहित तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्री पदको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहका बीच घिसिङले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेका थिए । ओली सरकारले बर्खास्त गरेको सात महिनामा घिसिङ थप शक्तिसहित एकैपटक तीन मन्त्रालयको जिम्मेवारीमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्