Logo

ज्योति विकास बैंकको साधारणसभा खुल्यो ३ नयाँ शाखा, लगानीकर्तालाई १५ प्रतिशत लाभांश

ज्योति विकास बैंकको साधारणसभा खुल्यो ३ नयाँ शाखा, लगानीकर्तालाई १५ प्रतिशत लाभांश



काठमाडौं । ज्योति विकास बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न उक्त बैंठकले लाभांश समेत पारित गरेको छ ।

laxmi

उक्त साधारणसभाले चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर पारित पश्चात बैंकको चुक्ता पुँजी ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै साधरण सभाको अवसरमा बैंकले तम्घास, मुर्गिया र टाँडी स्थित थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन समेत गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष श्री हरि प्रसादले डिजिटल प्रविधि मार्फत क्रमशः माथि उल्लेखित बैंकको १०६ औं, १०७ औं र १०८ औं शाखाको उद्घाटन गरेका हुन् । यस पश्चात उपत्यका र उपत्यकाबाहिर गरी बैंकका शाखा कार्यालयहरुको संख्या १०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL