Logo

अटो व्यवसायीले भने : कर तिर्न सकिने अवस्था छैन, म्याद थप गरियोस

अटो व्यवसायीले भने : कर तिर्न सकिने अवस्था छैन, म्याद थप गरियोस



काठमाडौं । अटोमोबाईल व्यवसायीहरुले सरकारसमक्ष मूल्य अभिवृद्धि कर विवरण तथा कर रकम बुझाउने म्याद थप्न अनुरोध गरेका छन् । सोमबार आयोजना गरिएको भर्चुअल बैठकमा व्यवसायीहरुले हाल कर तिर्न सकिने अस्था नरहेकाले कर बुझाउने म्याद लकडाउन खुलेको १ हप्ता पछिसम्मका लागि थप्न अनुरोध गरेका छन् ।

laxmi

हाल सरकारले नयाँ भेरिएण्टको कोरोना बढदो क्रममा रहेको सन्दर्भमा आम जनताको शुरक्षाको लागि राजधानीमा निषेधाज्ञा लागु गरेको छ । व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको र स्वास्थ रक्षाको दृष्टिकोणले पनि व्यवसायीहरु आफ्नो कार्यालयमा जान सक्ने अवस्था नरहेको व्यवसायीले जानकारी दिए ।

उनीहरुका अनुसार बैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका लागि सरकारसंग अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL