Logo

लकडाउनमा लाइसेन्सको आवेदन दिन पनि नपाईने, अर्काे सूचना नआउन्जेलसम्मका लागि अनलाईन आवेदन स्थगित

लकडाउनमा लाइसेन्सको आवेदन दिन पनि नपाईने, अर्काे सूचना नआउन्जेलसम्मका लागि अनलाईन आवेदन स्थगित



काठमाडौं । यातायात व्यवस्था विभागले हालसम्म लिँदै आएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाईन आवेदन स्थगित गरेको छ । विभागले बिहीबारदेखि लागु हुनेगरी यस्तो आवेदन लिन बन्द गर्ने जानकारी दिएको हो । विभागका अनुसार पछिल्लो फैलिएको कोरोना महामारीको नयाँ भेरियन्टका कारण यो सेवा स्गगित गर्नुपरेको हो ।

laxmi

विभागले अर्काे सूचना नआउँदासम्मका लागि उक्त आवेदन लिने काम बन्द गरिएको जानकारी दिएको छ । विभागले अघिल्लो पटकको लकडाउनमा बन्द गरेको अनलाईन आवेदन लिने प्रक्रिया गत मंसिरदेखि पुनः सुरु गरेको थियो । हालसम्म अनलिमिटेड प्रयोगकर्ताले आवेदन दिन पाउने उक्त सेवामामार्फत ७ लाख बढिले लाइसेन्सका लागि आवेदन दिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL