Logo

१० अर्बको कोष खडा गर्नेगरी एनआरएन डेभलपमेन्ट फण्ड दर्ता, संसारभरका नेपालीले कोषमा लगानी गर्न पाउने

१० अर्बको कोष खडा गर्नेगरी एनआरएन डेभलपमेन्ट फण्ड दर्ता, संसारभरका नेपालीले कोषमा लगानी गर्न पाउने



काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा ‘एनआरएन डेभलपमेन्ट फन्ड’ दर्ता भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको उक्त फण्डले मंगलबार दर्ता प्रमाणपत्र पाएको हो ।

laxmi

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले सरकारको ५ प्रतिशत लगानीसहित प्रवर्द्धक रहेको यस कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको र जुन यसै हप्ताबाट प्राप्त हुने बताए । उनले कम्तीमा १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको पन्तले बताए ।

८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) पनि निष्काशन गरिने उनले जानकारी दिए । जसमा दसौँ लाख नेपाली सहभागी हुने अपेक्षा कम्पनीको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्
MBL