Logo

३५ प्रतिशत लाभांश घोषणा गरेको सर्वोत्तम सिमेन्ट माथि धितोपत्र बोर्डको निगरानी, भन्यो राडारमा राखेका छौ

३५ प्रतिशत लाभांश घोषणा गरेको सर्वोत्तम सिमेन्ट माथि धितोपत्र बोर्डको निगरानी, भन्यो राडारमा राखेका छौ



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३५ प्रतिशत लाभांस दिने घोषणा गर्दै आएको सर्वोत्तम सिमेन्टको गतिविधि नियालीरहेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको अन्तरक्रिया कार्यक्रममा कम्पनीको गतिविधि नियालीरहेको बताएका हुन् ।

laxmi

कम्पनीले आइपीओ जारी गरेको ३ महिना भित्रमा नै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने दाबी गर्दै आएको छ । अन्तरक्रियाका क्रममा उठेको प्रश्नको जवाफ दिँदै बोर्डका कार्यकारी निर्देशक गिरीले भने, ‘कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर, यो समयमा यति लाभांश दिन्छौं भन्न मिल्दैन ।’ सर्वोत्तम सिमेन्टको उक्त प्रचारलाई बोर्डले ‘राडार’मा राखेको उनले बताए ।

कार्यक्रममा कार्यकारी निर्देशक गिरीले सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गर्न आईपीओमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको बताए । यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मुल्यमा आईपीओ जारी गर्न सहयोग गर्ने उनको भनाइ थियो ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै पुँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनले बताए । अहिले राष्ट्र बैंक वा बीमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि सेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा त्यसले कम असर गर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL