Logo

सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयातमा लगाएको प्रतिबन्ध हटायो, तोकियो कोटा

सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयातमा लगाएको प्रतिबन्ध हटायो, तोकियो कोटा



काठमाडौं । सरकारले विभिन्न चार वस्तुमा लगाएको प्रतिबन्ध खुला गरेको छ । सरकारले यस अघि केराउ, सुपारी, छोकडा र मरिच आयातमा प्रतिबन्ध लगाएकोमा निश्चित परिमाण तोकेर आयात खुला गरेको हो ।

laxmi

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रका सुचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७७/७८का लागि केराउ ८० हजार टन, सुपारी २५ हजार टन, छोकडा ५ हजार टन र नधुल्याएको मरिच अधिकतम १५ हजार टनसम्म आयात गर्न दिने व्यवस्था गरेको हो । सरकारले एक बर्ष अघि अर्थात २०७६ चैत १६ गते यस्ता वस्तु आयातमा उच्च रुपमा विदेशी मुद्रा बाहिरिएको भन्दै आयातमा पूर्ण रुपमा रोक लगाएको थियो । आयातमा पूर्ण रुपमा बन्देज लगाउँदा पछिल्लो समय बजारमा त्यस्ता वस्तुको सर्टेज भई मूल्यमा समेत उच्च वृद्धि भएको भन्दै व्यापारीहरुले आयात खुला गर्नुपर्ने माग राख्दै आएका थिए ।

यसैगरी सरकारले आयातमा रोक लगाएको मिति अर्थात २०७६ चैत १६ अघि चलान (सिपिङ) भइसकेको तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्वीकृति नलिएका हकमा सम्बन्धित भन्सार स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको गुणस्तरमा प्रमाणिकरण गरी उपयुक्त देखिएको सिफारिस गरेको खण्डामा त्यस्ता छोकडा समेत आयात गर्न दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL