Logo

आइएमई मोटर्सले उर्लाबारी नगरपालिकालाई दियो दमकल

आइएमई मोटर्सले उर्लाबारी नगरपालिकालाई दियो दमकल



काठमाडौं । आईएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले उर्लाबारी नगरपालिकालाई डमकल हस्तान्तरण गरेको छ । आइएमई ग्रुप अन्तर्गत सन्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले एक कार्यक्रमको आयोजना गरी उर्लाबारी नगरपालिकामै पहिलो पटक सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार उक्त दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयूक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

laxmi

उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उप प्रमुख लक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पुर्व क्षेत्रका पत्रकारहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीद्वारा एक थान दमकल हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले सुबिधा सम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा खुसी लागेको बताए । साथै, आगलागिका घटना हुनासाथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास उनको छ । दमकलले आफ्नो नगरपालिका सहित अन्यत्र जहाँ आगलागिका घटनाहरु हुन्छन् त्यहाँ जति सक्दो छिटो पुगेर नियन्त्रणको लागि प्रभावकारी कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । खरिद गरिएका सामानको सुरक्षा गर्न र दमकलको प्रयोगलाई प्रभावकारी बनाउन दमकलका कर्मचारीलाई निर्देशन पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL