Logo

नेपाली व्यवसायिक सामाजिक संजाल ‘रोलिङ नेक्सस’, रोजगारी खोजीदेखि टेण्डर आवेदनसम्म सेवा एउटैमा

नेपाली व्यवसायिक सामाजिक संजाल ‘रोलिङ नेक्सस’, रोजगारी खोजीदेखि टेण्डर आवेदनसम्म सेवा एउटैमा



काठमाडौं । रोलिङ प्लान्स कम्पनीले विभिन्न फिचरहरुसहित गत भदौमा रोलिङ नेक्सस नामक वेबसाईट र मोबाईल एप संचालनमा ल्याएको थियो । कम्पनीले एउटै सामाजिक संजालमार्फत रोजगारी खोज्नेदेखि ठुला कम्पनीहरुले टेण्डर आवेदन दिन सकिने सम्मका सेवासहित आफ्नो वेबसाईट र एप लन्च गरेको हो ।

laxmi

जसमा रोलिङ जब, रोलिङ फ्रिलान्स, रोलिङ टेण्डरसहित १२ ओटा सेवा प्रदान गर्दै आएको छ । यसमार्फत रोजगारी खोज्ने, ईकमर्श, अनलाईनमार्फत कुनै ईभेन्ट गर्नलगायत सेवा लिन सकिन्छ ।

कम्पनीले ६ महिना लामो सफल परिक्षण पछि रोलिङ नेक्सस डट कमसगै ३ वटा मोबाइल एप्लिकेसनसमेत सार्वजनिक गर्न गरिसकेको छ । कम्पनीका अनुसार रोलिङ प्लान्स प्राइभेट लिमिटेडले आफ्नो ब्राण्डको रुपमा स्थापना गरी बजारमा ल्याएको व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कम ‘नयाँ सम्भावनाहरुको सञ्जाल’को रुपमा रहेको छ । उक्त सञ्जालको अवधारणालाई मुख्यत ४ ‘ई’ को सिद्धान्त अनुरुप संचालन गरिएको छ । जसमा अंग्रेजी शब्द ईम्प्लोईमेन्ट (रोजगारी), ईन्टरप्रीनर्शीप (उदमशीलता), ईम्पावरमेन्ट (सशक्तीकरण) र ईन्गेजमेन्ट (संलग्नता) रहेका छन् ।

जसमार्फत रोजगारी सृजना तथा प्रवद्र्धन र तत् सम्बन्धि दक्षता अभिवृद्धि, पियर टु पियर सेयर्ड र गीग इकोनोमीको अवधारणमा रहेर अवसर र सम्भावनाहरुको खोजी, उद्यमशीलता प्रवद्र्धन तथा व्यवसायिक वृद्धी गरिने छ । यस्तै महिला, विपन्न समूह, फरक सक्षमता भएका र सेवानिवृत समुहलाई पनि अवसर र सम्भावना दिनका लागि विशेष पेजमार्फत प्रवद्र्धन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनुप जंगमले जानकारी दिए ।

उनका अनुसार समान सामाजिक वा व्यवसायिक रुचि, गतिविधि, पृष्ठभूमी भएकाहरुले एकै सञ्जालमा रही सम्बन्धको विकासगरी साझेदारीसमेत गर्न सकिने गरी उक्त प्लेटफर्म निर्माण गरिएको हो । यसमा व्यवसायिक बाहेक खेलकुदका गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक क्वीज जस्त सामाग्रीबाट मनोरञ्जनसमेत प्रदान गरिने छ ।

कम्पनीले रोलिङ नेक्ससको मुल एप बाहेक, अन्य दुई मोवाइल एप्लिेकसन पनि सार्वजनिक गरेको छ । जसमा रोलिङ कर्मशील स्वदेश, र रोलिङ कर्मशील विदेश रहेका छन् ।

रोलिङ कर्मशील स्वदेश एपबाट दक्ष, अदक्ष श्रमिकलाई उपयोगी हुने रोजगारी र अन्य अबसरका जानकारी मोवाइल नोटिफिकेसन मार्फत पाउन सकिनेछ । साथै स्वतन्त्र रोजगारी गर्न चाहनेहरुका लागि आफ्नो सीप अनुसारको घर सेवा तथा आफ्नो सवारी साधन भएकाले वितरण सेवाको अवसर खोजी गर्न सकिनेछ ।

रोलिङ कर्मशील विदेश एपबाट भरपर्दो वैदेशिक रोजगारीको खोजि, विदेश बसाईका क्रममा परेका समस्याको समाधानका लागि पहल र स्वदेश फर्केर केही गर्न चाहानेका लागि अवसरहरुको लाभ लिन सकिनेछ ।

रोलिङ नेक्ससको एप समाजका हरेक वर्गलाई सम्बोधन गर्न सकोस् भनी बिभिन्न ७ वटा समुहहरुमा विभाजन गरिएको छ ।

१. रोलिङ जबः स्वदेशी रोजगारी र अवसरको खोजी तथा सीप अभिवृध्दि गर्नको लागि ।
२. रोलिङ टेण्डरः व्यवसायीले आफ्नो काम अनुरुपको अवसर हेरी सम्पुर्ण विड तथा टेन्डर खोजी, दर्ता तथा व्यवस्थापन अनलाइन मार्फतनै पुर्ण सम्पन्न गर्नका लागि ।
३. रोलिङ फ्रिलान्सः विदेश अथवा स्वदेशबाट माग आउने छोटो वा लामो कार्यहरुको घरै बसी गर्न मिल्ने स्वतन्त्र रोजगारीको अवसरको खोजी गर्नका लागि ।
४. रोलिङ क्याट आफ्नो सीप, शैक्षिक तह तथा कार्यक्षेत्र अनुरुपको बौद्धिक परिक्षण अनलाइनमै गर्न तथा कम्पनी तथा शैक्षिक संस्थाले छनौट प्रक्रियाका लागि गर्ने परिक्षा तथा मुल्यांकनका कार्य अनलाइनबाट संचालन गर्नका लागि ।
५. रोलिङ इभेन्टः भर्चुअल कक्षा कोठा, भर्चुअल मेला, विज्ञबाट परामर्श, बिभिन्न कार्यक्रम, सेमिनारको अनलाइन मार्फत प्रबर्धनको लागि ।
६. रोलिङ छलफलः आफ्नो कार्यक्षेत्र र रुचीको क्षेत्र अनुरुपको विभिन्न विषय सम्बन्धित लिखित प्रश्नोतर तथा छलफलमा सहभागी भई बौद्धिक बिकास गर्नका लागि ।
७. रोलिङ बजारः रोलिङ बजार मार्फत नेपाली घरेलु उद्यमीलाई प्रवद्र्धन गर्ने काम हुनेछ । अन्य ई–कमर्सभन्दा फरक यसमा नेपाली घरेलु उद्यमीका सामानहरुको मात्र बजार प्रवद्र्धन गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL