Logo

सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीको माग, चैतभित्रै भाडा बढाउन दबाब

सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायीको माग, चैतभित्रै भाडा बढाउन दबाब



काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले सरकारसमक्ष भाडा बढाउन माग गरेका छन् । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई भेट्दै व्यवसायीहरुले वैज्ञानिक भाडादर समायोजन अनुरुप भाडा बढाउन माग गरेका हुन् ।

laxmi

व्यवसायीले २०६९ सालदेखि नै भाडादर बैज्ञानिक रुपमा समायोजन नभएको भन्दै यसको समायोजन गर्न माग गरेका हुन् । मन्त्री नेम्वाङसमक्ष एक ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले २०६५ सालमा प्रत्येक बर्षको भदौमा पार्टपुर्जा, ईन्धनलगायतको मूल्यका आधारमा भाडादर समायोजन गर्ने निर्णय भएपनि पछिल्लो ८ बर्षदेखि यस्तो नभएको बताएका थिए ।

तर पछिल्लो समय पार्टपुर्जा, ईन्धन, सर्भिस, श्रमिकको तलवलगायत बढेकाले तत्काल यसको वैज्ञानिक पद्धतीअनुसार भाडादर समायोजन हुनुपर्ने माग उनिहरुले राखेका हुन् ।
जसमा चैत महिनाको तेस्रो हप्ताभित्रै भाडादर समायोजन हुनुपर्ने माग विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL