Logo

मोटोपन भएका मानिस कोरोना संक्रमणको उच्च जोखिममा, यस्तो छ अध्ययनको निष्कर्ष

मोटोपन भएका मानिस कोरोना संक्रमणको उच्च जोखिममा, यस्तो छ अध्ययनको निष्कर्ष



काठमाडौं । पातला भन्दा मोटो शरिर भएका मानिहरु कोरोना भाईरसबाट मर्ने सम्भावना बढी हुनुको रहस्य पत्ता लागेको छ । मोटा मानिसहरुको शरिरमा भएका बोसोसहितका कोशहरुले भाईरसको विकास तिव्र रुपमा गर्न सक्ने भएकाले यसको संक्रमणले मोटो शरिर भएका मानिसहरु कोरोनाका कारण मर्न सक्ने सम्भावना बढी रहन्छ । मोटा मानिसको शरिरका कोशिकाहरुमा प्राटिनको संख्या बढी हुन्छ । जसले भाईरस संक्रमणपश्चात भाईरसको वृद्धिविकासको ठुलो मद्धत पुर्याउँछ ।

laxmi

कोरोना भाईरसमा एसीई २ भन्ने एक तत्व हुन्छ जसका माध्यमबाट हाम्रो शरिरको कोषमा यो प्रवेश गर्दछ । मोटोपन भएका मानिहरुको शरिरमा भएको कोषमा भएको बोसोसहितको प्रोटिनले उक्त एसीई २ लाई अन्यको तुलनामा बढी आकर्षित गर्दछ ।

यस्तै कोरोना भाईरस सुगर लागेको बिरामीलाई पनि चाँडो आक्रमण गर्ने सम्भावना रहन्छ । हाल अनुसन्धाताहरुले डायविटिजको औषधि खाएर या मोटोपन घटाएर पनि यसको उपचार गर्न सकिन्छ की भनेर अनुसन्धान गरिरहेको बताएका छन् । मोटोपन भएका मानिसहरु पल्मोनरी फिब्रोसिस नामक फोक्सोसम्बन्धी रोगसँग पनि जोडिएका हुन्छन् । यसै कारण मोटोपन भएका मानिसहरु पातला मानिसभन्दा धेरै मर्ने सम्भावना बढी रहेको बताएको छ ।

ईंगल्याण्डको पब्लीक हेल्थका अनुसार हालै एक अध्ययन गरिएको थियो जसमा मोटोपन भएका मानिसहरु बढी यसको खतरामा भएको बताएका छन् । मोटोपनले अन्य धेरै रोगहरुको खतरासमेत निम्त्याउछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL