Logo

युरोपेली सहरसँग जोडियो काठमाडौं, मड्रिडसँग भगिनी सम्बन्ध स्थापना

युरोपेली सहरसँग जोडियो काठमाडौं, मड्रिडसँग भगिनी सम्बन्ध स्थापना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्पेनको मड्रिड र नेपालको काठमाडौं महानगरपालिकावीच भगिनी सम्बन्ध स्थापना भएको छ । सोमबार बसन्तपुर नासल चोकमा आयोजीत एक औपचारिक समारोहमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र मेड्रिड सहरका उपप्रमुख लुइस कार्लोस क्युटोले भगिनी सम्बन्ध स्थापना सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे ।

समारोहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले दुई नगरवीचको सम्बन्धबाट आपसी हित, आर्थिक, सामाजिक, लैङ्गिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग आदान प्रदान हुने विश्वास व्यक्त गरे ।

साथै सम्बन्धबाट दुई सहरका नागरिकले सूचना सञ्चार तथा सूचना प्रविधि, पर्यटन, पूर्वाधार विकास, क्षमता विकास, सामाजिक संस्कारको आदान प्रदानलगायतमा लाभ लिन सक्ने बताए ।


कार्यक्रममा मड्रिडका नगरका उपप्रमुख क्युटोले दुई ठूला राजधानी सहरवीचको सम्बन्धबाट नगरका नागरिकलाई मात्र नभइ दुइवटै देशकालागि फाइदा पुग्ने बताए । त्यस्तै दुई नगरकावीच नगरबासी तथा समुदायलाई फाइदा पुग्ने गरी शिक्षा, कला—संस्कृतिको आदान प्रदान, व्यापार प्रवद्र्धनका क्षेत्रमा काम हुने विचार व्यक्त गरे ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले — भगिनी सम्बन्ध दिथो रहने धारणा राख्दै दुई नगरवीचको सम्बन्ध् सीमाविहिन हुनु पर्ने बताए ।

फेड्रिकवर्ग नगर सांस्कृतिक सहर

स्पेनको केन्द्रीय राजधानी मड्रिड सहर युरोपियन सहरहरुमध्ये जनसंख्याको हिसावले तेश्रो ठूलो सहर हो । यस सहरमा ३.५ मिलियन मानिस बसोबास गर्छन् । आधुनिक संरचना, संग्रहालय र सेवा केन्द्रहरुका रुपमा मेड्रिड सहर प्रसिद्ध छ । काठमाडौं महानगरले भगिनी सम्बन्ध स्थापना गरेका राजधानी सहरमा मड्रिड दोश्रो हो । यस अघि कोरियाको राजधानी सोलसँग सम्बन्ध स्थापना भइसकेको छ । युरोपियन सहरतर्फ भने मड्रिड काठमाडौंको पहिलो भगिनी सम्बन्ध भएको सहर बनेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL