Logo

अब महानगरभित्रका घरधनीलाई १२ प्रतिशत बहाल कर अनिबार्य

अब महानगरभित्रका घरधनीलाई १२ प्रतिशत बहाल कर अनिबार्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका घरधनीले अब १२ प्रतिशत बहाल कर तिर्नुपर्ने भएको छ । महानगरभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम,टहरा, छप्पर, सेड, जग्गा वा पोखरी वा अन्य सम्पत्ति वा आशिंक तबरले बहाल दिएको अबस्थामा सो बहाल कर तिर्नुपर्ने भएको हो ।

यसै प्रकृतिका अन्यले बहालमा बसे वापत बहाल रकम बुझाउँदा स्रोतमै अग्रिम बहाल कर कटिृ गरी दाखिला गर्नुपर्ने छ ।

बहाल कर निर्धारण प्रक्रिया :

बहालमा दिएको मितिलाई आधार मानी दैनिक, मासिक, त्रैमासिक, अर्ध वार्षिक वा वार्षिक अवधिलाई आधार लिई बहाल कर बुझाउन पर्नेछ । त्यस्तै क्षेत्रगत आधारमा महानगर कार्यपालिकाले न्यूनतम बहाल दर तोक्न सक्नेछ ।

महानगर कार्यपालिकाले निर्धारण गरेको कार्यविधि अनुसार करदाताले स्वंय घोषणा गरेको आधारमा बहाल कर निर्धारण गरिने  बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL