Logo

१२ ओटा डिलक्स र एउटा सेमिफ्लोर बस ल्याउदै साझा, जेष्ठ नागरिक र अपांगलाई निःशुल्क सेवा

१२ ओटा डिलक्स र एउटा सेमिफ्लोर बस ल्याउदै साझा, जेष्ठ नागरिक र अपांगलाई निःशुल्क सेवा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साझा यातायातले थप १३ नयाँ बस भित्र्याउने भएको छ । साझाले १२ ओटा डिलक्स र एउटा सेमीफ्लोर बस भित्र्याउन लागेको हो । यससँगै महानगरपालिकाको सहयोगमा साझाका ४३ ओटा बस उपत्यकामा गुड्ने छ।

यसका लागि काठमाडौं महानगरपालिकाले साझालाई ५ करोड रुपैयाँ सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाले साझालाई ५ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । त्यस्तै साझाले महानगरलाई सेयर प्रमाणपत्र प्रदा गरेको थियो ।

कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंमा ठूला गाडी गुडाउने उद्देश्यसहित साझासँग सहकार्य गरिएको जानकारी दिए । साथै साझासँगको यो सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने बताए ।

अस्तव्यस्थ महानगरलाई व्यवस्थित पार्ने उद्देश्य अनुरुप ठूला बस थप्न लागेको शाक्यले बताए । सो अवसरमा उनले साझाले दिने सेवा अन्यको भन्दा पृथक र राम्रो हुनुपर्ने बताए । ‘ साझालई मुनाफा भन्दा पनि सेवामुखी बनाउन आवश्यक छ’ उनले भने ।

त्यस्तै यात्रुहरुको सहजताका लागि गाडीमा स्मार्ट काड राख्ने प्रक्रिया अघि बढाइएको समेत जानकारी दिए । उनका अनुसार हाल १० ओटा गाडीमा स्मार्ट कार्ड लागु गरिसकेको छ ।

कार्यक्रममा महानगरपालिकाका कार्यकारी अधिकृत इश्वर पौडेलले स्मार्ट सिटीमा स्मार्ट सेवा दिन साझा बस योग्य भएको बताए । साथै साझाले यातायात क्षेत्रमा ठुला बसहरुको आगमन गराएको समेत जानकारी दिए ।

पौडेलका अनुसार केही दिनमै साझाबसले स्मार्ट कार्ड प्रयोग गर्नेछ । त्यस्तै महानगरले दिएको ५ करोड रुपैयषँबाट किनेको नयाँ बसमा अनिवार्य स्मार्ट कार्ड हुने बताए ।

साझामा जेष्ठ नागरिक र बालबालिकालाई नि:शुल्क सेवा

साझा बसमा जेष्ठ नागरिक र बालबालिका र अपांगता भएकालाई निशल्क सेवा दिइने भएको छ । जसअनुसार ७० बर्ष पुगेका जेष्ठ नागरिकले परिचयपत्रका आधारमा निशुल्क सेवा पाउने छन् ।

त्यस्तै बालबालिकाको हकमा ५ बर्षसम्मका लागि भाडा लाग्ने छैन । त्यस्तै साझा बसमा यात्रुलाई सभ्य र सम्मानजनक व्यवहार गरिने बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL