Logo

‘द स्काई क्वीन’ कनिका : क्यान्सर जितेपछि स्टार्टअप शुरु, अहिले भारतकी सबैभन्दा धनी महिला

‘द स्काई क्वीन’ कनिका : क्यान्सर जितेपछि स्टार्टअप शुरु, अहिले भारतकी सबैभन्दा धनी महिला



काठमाडौं । सबैको जीवनमा कठिन समय आउँछ । कतिपय परिस्थितिको चपेटामा पर्छन् भने कतिपय भने आफ्नो बलियो इच्छाशक्तिका साथ कठिन समयलाई पछाडि छोडेर फेरि फर्कन्छन् । कनिका टेकरीवाल पनि तीमध्ये एक हुन् । कनिका जेटसेटगोकी सीईओ हुन् । उनी ४२० करोड भारतीय रुपैयाँभन्दा बढीको नेटवर्थका साथ सबैभन्दा धनी भारतीय महिला हुन् । कनिकालाई भारतीय उड्डयन उद्योगको ‘द स्काई क्वीन’ भनिन्छ ।

laxmi

क्यान्सरलाई पराजित गरेर स्टार्टअप सुरु

मारवाडी परिवारमा जन्मिएकी कनिका टेकरीवालले लरेन्स स्कूल, लभडेलमा अध्ययन गरेकी थिइन् । त्यसपछि कभेन्ट्री विश्वविद्यालयबाट स्नातक गरे । पढाइ सकेर कनिका टेकरीवाल भारत फर्किएकी थिइन् । उनले लामो समयदेखि एक भाग बन्ने सपना देखेको उड्डयन कम्पनीमा सामेल भइन् ।

तर, उनको यात्राले अप्रत्याशित मोड लियो जब उनलाई क्यान्सर भएको पत्ता लाग्यो । ३३ वर्षको उमेरमा, कनिका टेकरीवालले क्यान्सरलाई पराजित गरिन र सन २०१२ मा उड्डयन स्टार्ट–अप जेटसेटगोको स्थापना गरिन । हाल उनीसँग १० वटा निजी जेट पनि छन् ।

जेटसेटगोले के गर्छ ?

जेटसेटगो विमान भाडामा दिने भारतको पहिलो कम्पनी हो । यसले करिब १ लाख फ्लायरहरू व्यवस्थापन गर्छ । सबैभन्दा पहिले ६ हजार उडान गरेको छ । जेटसेटगो एक प्लेन एग्रीगेटर स्टार्टअप हो जसले चार्टर्ड प्लेन र हेलिकप्टर ह्यान्डल गर्छ । कम्पनीको बृद्धिसँगै कनिका टेकरीवाल हुरुन रिच लिस्टमा भारतकोस बैभन्दा धनी सेल्फ मेड महिला बनेकी छिन् । उनले हैदरावादका एक व्यापारीसँग विवाह गरेकी छन् ।

कनिकाले आफ्नो व्यावसायिक कौशलताका लागि धेरै सम्मान जितिसकेकी छिन् । यसमा भारत सरकारको राष्ट्रिय उद्यमशीलता पुरस्कार र विश्व आर्थिक फोरमबाट युवा ग्लोबल लिडर्स अवार्ड समावेश छन् । उनी उद्यमीको ‘द स्काई क्वीन’ अवार्डबाट पनि सम्मानित भइसकेकी छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL