Logo

सिंगापुर एयरलाइन्स संसारको सबैभन्दा राम्रो ‘बिजनेस क्लास एयरलाइन्स’, नेपाल एयरलाइन्स कहाँ छ ?

सिंगापुर एयरलाइन्स संसारको सबैभन्दा राम्रो ‘बिजनेस क्लास एयरलाइन्स’, नेपाल एयरलाइन्स कहाँ छ ?



काठमाडौं । युनाइटेड किङडमको ‘बाउन्स युके’ले विश्वका उत्कृष्ट एयरलाइन्स र एयरपोर्टहरूको सूची बनाउँछ । यसले भर्खरै ‘बेस्ट बिजनेस क्लास एयरलाइन्स’को सूचकांक सार्वजनिक गरेको छ । सिंगापुर एयरलाइन्स बाउन्सको बेस्ट बिजनेस क्लास एयरलाइन्स सूचकांकमा पहिलो स्थानमा परेको छ ।

laxmi

बिजनेश क्लास के हो ?

जब यात्रु बिजनेश क्लासमा यात्रा गर्छन्, त्यो यात्रा मात्र होइन । त्यो एउटा अनुभव हो । त्यो अनुभव स्वादिलो खाना र पेय पदार्थको हो, क्याबिन सेवाको हो, क्याबिन मनोरन्जनको हो । तपाईले एयरपोर्टमा कस्तो लाउन्जमा पहुँच पाउनुभयो, तपाईलाई बस्नको लागि दिइएको कुर्सी कस्तो आरामदायी ओछ्यानमा बदल्निछ । यसका साथसाथै बिजनेश क्लास यात्रासम्बन्धी अन्य सुविधाहरु पनि छन् जस्तै बढी तौलको लगेज लैजान पाउने सुविधा । यी कुराले बिजनेस क्लासमा यात्रा गर्ने यात्रुहरुको अनुभव र अपेक्षालाई प्रभाव पार्ने गर्छन ।

सिंगापुर एयरलाइन्स पहिलो स्थानमा

बाउन्सको यो सर्वेक्षणमा सिंगापुर एयरलाइन्स उत्कृष्ट बिजनेस क्लास एयरलाइन्सको सूचीमा पहिलो स्थानमा परेको छ । पछिल्ला केही वर्षहरूमा, सिंगापुर एयरलाइन्स विलासिताको पर्यायका रुपमा चिनिन्छ । करिब पाँच दशकअघि यो एयरलाइन्स अस्तित्वमा आएको थियो । जसले आजसम्म पृथ्वीदेखि आकाशसम्म राज गर्दै आएको छ । बाउन्सको यो पछिल्लो सर्वेक्षणमा, यसले १० मध्ये ९.५७ को समग्र स्कोर प्राप्त गरेको छ । यसले खाना र पेय पदार्थमा १० मध्ये १० अंक प्राप्त गरेको छ ।

यो सूचीमा कतार एयरवेज दोस्रो स्थानमा छ । कतार एयरवेजको बिजनेस क्लास क्याबिनलाई ‘क्यूसुइट’ भनिन्छ । यो नाम २०१७ मा दिइएको थियो । त्यसयता यस एयरलाइन्समा बिजनेस क्लासको यात्रा नयाँ उचाइमा पुगेको छ । बाउन्सको पछिल्लो सर्वेक्षणमा यसले समग्र स्कोर १० मध्ये ९.२९ प्राप्त गरेको छ । यसले खाना र सेवामा (उडान सेवामा) १० मध्ये १० अंक प्राप्त गरेको छ ।

यस सर्वेक्षणको उत्कृष्ट बिजनेस क्लास एयरलाइन्सको सूचीमा एक एसियाली वायुसेवा कम्पनीको नाम पनि तेस्रो स्थानमा छ । यो हङकङको प्रमुख उड्डयन कम्पनी क्याथे प्यासिफिकको नाम हो । यस सर्वेक्षणमा यसले १० मध्ये ९ अंक प्राप्त गरेको छ । यद्यपि यसले कुनै पनि सेवा श्रेणीमा १० मध्ये १० अंक प्राप्त गर्न सकेन, यसले प्रत्येक एक श्रेणीमा १० मध्ये ९ अंक प्राप्त गर्यो । अर्थात् हरेक पक्षमा पाहुनालाई सन्तुष्ट पार्ने प्रयास गरिन्छ ।

सबैभन्दा खराब इजिप्ट एयर

सबै भन्दा राम्रो एयरलाइन्स पछि, हामी सबैभन्दा खराब बिजनेस क्लासको बारेमा कुरा गर्छौं । यो सूचीमा पहिलो नाम इजिप्ट एयरको छ । इजिप्ट एयरले विजनेश क्लासका सबै सात विधामा सबैभन्दा कम औसत अंक प्राप्त गरेको छ । यसको समग्र स्कोर १० मध्ये ५.७१ छ । एयरलाइन्सले भर्खरै नयाँ विमान खरिदमा ठूलो लगानी गरेको भए पनि यसको धेरैजसो फ्लिटको अवस्था कमजोर छ । यसलाई उद्योगमा पुरानो घोषित गरिएको छ ।

कोपा एयरलाइन्स खराब बिजनेस क्लास एयरलाइन्सको सूचीमा दोस्रो स्थानमा छ । यो पनामाको ध्वजावाहक हो । यसको समग्र स्कोर १० मध्ये ६.७१ । यसले अधिकांश विधामा १० मध्ये ७ अंक प्राप्त गरेको छ । पछिल्लो समय यसको सेवा र इन्टरनेटमा केही ह्रास आएको छ । यद्यपि यसको स्थान इजिप्ट एयरभन्दा अलि राम्रो छ ।

बाउन्स सर्वेक्षणमा एयर चाइना सबैभन्दा खराब बिजनेस क्लास एयरलाइन्सको सूचीमा तेस्रो स्थानमा छ । एयर चाइना छिमेकी राष्ट्र चीनको झण्डा वाहक एयरलाइन हो र त्यो देशका तीन ठूला एयरलाइन्स मध्ये एक हो । यसको समग्र औसत स्कोर १० मध्ये ७.१४ हो । यद्यपि, यसले बेभरेज र एमेनिटीज र सुविधामा १० मध्ये ८ अंक प्राप्त गरेको छ । त,र मनोरञ्जनमा भने १० अंकमा ६ अंकमा प्राप्त गरेको छ ।

भारतको गौरवको रुपमा रहेको टाटा समूहको कम्पनी एयर इन्डियाको नाम हाल यो सूचीमा छैन । तर हिन्दुस्तान टाइम्समा प्रकाशित एक रिपोर्टअनुसार हालैको बाउन्स र्याङकिङमा एयर इन्डिया खराब बिजनेस क्लास भएका एयरलाइन्सको सूचीमा चौथो स्थानमा थियो । यसको समग्र औसत स्कोर १० मध्ये ७.४ । यो एयरलाइन्सको सबैभन्दा ठूलो समस्या यसको सिटमा देखिएको छ । यसले क्याबिन सिटका लागि १० मध्ये ६ अंक मात्र पाएको छ । यससँगै उडानभित्रका मनोरञ्जन, खाना, एयरपोर्टको अनुभव र पेय पदार्थजस्ता अन्य सेवाहरूले पनि १० मध्ये ७ प्राप्त गरेका छन् ।

र्याङकिङ कसरी गरिन्छ ?

बाउन्सका अनुसार प्रत्येक एयरलाइनलाई श्रेणीकरण गर्न ट्राभल सर्च इन्जिन (बिजनेसक्लास डकटम) बाट समीक्षाहरू हेरिन्छ । उक्त वेबसाइटमा रहेका एयरपोर्ट अनुभव, क्याबिन र सिट, खाना, पेय पदार्थ, उडान सेवामा, उडान मनोरञ्जनमा, सुविधाहरू जस्ता हरेक एयरलाइन्सका सेवाहरू र सुविधाहरूको समीक्षालाई अध्ययन गरिन्छ । यस आधारमा औसत स्कोर गणना गरिन्छ र यो अंकमा शीर्ष स्थानमा रहनेलाई बेस्ट एयरलाइनको दर्जा दिइन्छ ।

नेपाल एयरलाइन्स कहाँ छ ?

‘बेस्ट बिजनेस क्लास एयरलाइन्स’को सूचकांकमा नेपालको राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्स समावेश गरिएको छैन् । कुल ३८ वटा एयरलाइन्समात्र यो सूचीमा रहेका छन् । सूचीमा नेपाल र भारतका कुनैपनि एयरलाइन्स समावेश गरिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
MBL