Logo

सर्वसाधारणमा प्रयोगका लागि कोरोनाविरुद्धको फाइजरको खोपलाई मान्यता, बेलायत बन्यो स्वीकृति दिने पहिलो देश

सर्वसाधारणमा प्रयोगका लागि कोरोनाविरुद्धको फाइजरको खोपलाई मान्यता, बेलायत बन्यो स्वीकृति दिने पहिलो देश



काठमाडौं । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप सर्वासारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । विश्वमा कोरोना भाइरसविरुद्धको खोप बिस्तारित तहमा सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश बनेको छ ।

laxmi

जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजरले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९५ प्रतिशत सफल भएको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षणले देखाएको थियो । त्यसपछि सो खोप स्वीकृतिका लागि निवेदन दिइएकोमा बेलायतको नियामक निकाय एमएचआरएले हरियो झण्ड देखाएको हो ।

एमएचआरएले फाइजरको खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको भन्दै सर्वसाधारणलाई बिस्तारित तहमा प्रदान गर्नका लागि सुरक्षित रहेको बताएको हो । उच्च प्राथमिकता समूहमा रहेका व्यक्तिहरुलाई अबको केही दिनभित्र फाइजरको खोप दिन थालिने छ ।

बेलायतले यसअघि नै खोपको चार करोड डोजको अडर दिएको छ । दुई डोज दिइनु पर्ने खोप बेलायतमा हालको अडर अनुसार दुई करोड मानिसलाई दिन पुग्छ ।

चाँडै नै एक करोड खोप उपलब्ध हुनेछ । इतिहासमै सबैभन्दा छिटो कुनै पनि खोप विकास भएर सर्वसाधारणको प्रयोगमा आउन थालेको हो । मात्रै १० महिनामा खोप तयार भएको हो । सामान्य अवस्थामा खोप बनाउनका लागि दशक लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL