Logo

कोरोनाले सिंगापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो, एक दशकपछि पहिलोपटक अर्थतन्त्र मन्दीतर्फ

कोरोनाले सिंगापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो, एक दशकपछि पहिलोपटक अर्थतन्त्र मन्दीतर्फ



काठमाडौं । कोरोनाभाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१।२ प्रतिशतले खुम्चिएको छ ।

प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्रमा एकै वर्ष यतिठूलो परिमाणमा अर्थतन्त्र खुम्चिएको पहिलो पटक हो । अघिल्लो वर्षको तुलनामा अप्रिल र जुन महिनाको अवधिमा १२ दशमलव ६ प्रतिशत अर्थतन्त्र खुम्चिएको सिंगापुरको व्यापार मन्त्रालयले जनाएको छ ।

सिंगापुरमा कोरोनाभाइरससँग जुध्न सरकारले लकडाउन जस्ता कडा कदम चालेका कारण पनि अर्थतन्त्रमा व्यापक असर परेको हो । विगत एक दशकको अवधिमा पहिलो पटक सिंगापुरको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ ।

दोस्रो चौमासिक अवधिमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा यतिठूलो गिरावट आउनुको मुख्य कारण गत अप्रिल ७ देखि जुन १ सम्म कोरोनाभाइरसको प्रसार रोक्न चालिएका कडा कदमहरु जिम्मेवार रहेको मन्त्रालयको भनाई छ ।

मन्त्रालयका अनुसार यस अवधिमा अत्यावश्यक सेवाबाहेक सबै आर्थिक गतिविधि स्थगित गरिएका थिए । साथै विश्वका सबैजसो मुलुकको आर्थिक स्थिति कमजोर भएकाले पनि बाह्य मागमा व्यापक गिरावट आएको मन्त्रालयले जनाएको छ ।

विश्व अर्थतन्त्र मापनको सुइरोको रुपमा रहेको सिंगापुरको पछिल्लो आर्थिक परिदृश्यले कोविड–१९ का कारण विश्वको अर्थतन्त्रमा निकै ठूलो असर परेको देखिने विज्ञहरुको भनाई छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL