Logo

राष्ट्रिय ऋण २ सय ५० खर्ब डलर रहेको अमेरिका कोरोनाले खर्च धान्न नसकेपछि थप ३० खर्ब डलर ऋण लिदै

राष्ट्रिय ऋण २ सय ५० खर्ब डलर रहेको अमेरिका कोरोनाले खर्च धान्न नसकेपछि थप ३० खर्ब डलर ऋण लिदै



काठमाडौं । अमेरिकी अर्थतन्त्रमा कोरोना भाइरस (कोभिड–१९) ले गम्भीर असर पारेको छ । कोरोनाबाट अर्थतन्त्रमा समस्या उत्पन्न भएपछि अमेरिकाले यो वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब अमेरिकी डलर ऋण लिने भएको छ । कोरोनाका कारण सरकारी स्रोतले सरकारी खर्च धान्न नसक्ने भएपछि अमेरिकाले ३० खर्ब डलर ऋण लिन लागेको हो ।

यो ऋण अमेरिकी इतिहासकै धेरै रहेको बीबीसीले जनाएको छ । यो सन् २००८ को आर्थिक मन्दीका बेला लिइएको सापटीभन्दा पाँच गुणा धेरै हो । ऋण रकमले कोरोना भाइरसको रोकथाम नियन्त्रण र राहतको खर्च धान्ने छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले स्वास्थ्य क्षेत्रमा खर्बौै रुपैयाँ खर्च गरिरहेको छ । अमेरिकाको अहिलेको राष्ट्रिय ऋण २ सय ५० खर्ब डलर छ ।

प्रतिक्रिया दिनुहोस्
MBL