Logo

अर्बपति बिल गेट्सको परोपकारी मन, कोरोना भाईरसको भ्याक्सिन बनाउन अर्बौ डलर सहयोग

अर्बपति बिल गेट्सको परोपकारी मन, कोरोना भाईरसको भ्याक्सिन बनाउन अर्बौ डलर सहयोग



काठमाडौं । अर्बपति अर्थात विश्वकै पूर्व धनी बिल गेट्सले कोरोना भाईरसविरुद्धको खोप आविष्कार गर्ने विभिन्न ७ कम्पनीलाई आर्थिक सहयोग गर्ने भएका छन् । उनले हालै एक अन्तररष्ट्रिय संचारमाध्यममा आफ्नो बिल र मेलिण्डा फाउन्डेसनमार्फत भ्याक्सिन बनाउन ईच्छुक ७ कम्पनीलाई आर्थिक सहयोग गर्ने बताएका हुन ।

laxmi

आफ्नो संस्थामा यसका विरुद्धको औषधिका लागि विभिन्न विज्ञहरु रहेका कारण यस्ता उद्योगमा लगानी गर्न ईच्छुक रहेको उनले बताए । उनले विज्ञहरुको सहयोगमा भ्याक्सिन बनाउन सक्ने ७ ओटा कम्पनीलाई छनोट गर्ने र सोही अनुसार आर्थिक सहयोग गर्ने बताएका हुन ।

उनका अनुसार छनोट गरिएका ७ कम्पनीमध्ये पुनः २ कम्पनी छनोट गरी उक्त २ कम्पनीका मातहतमा भ्याक्सिन बनाउने फ्याक्ट्री निर्माण गर्ने योजना रहेको छ । यसका लागि १८ महिनाको समय लाग्ने उनको अनुमान छ ।

उक्त अन्तरवार्तामा उनले छनोट हुनसक्ने कम्पनीहरुसँग सोही अनूरुपका उपकरण पनि हुनुपर्ने जिकिर गरेका छन् । उनले यसका लागि केही अर्ब डलर खर्च गरिने बताएका छन् । उनले विश्व अर्थतन्त्रमा ट्रिलियन डलर बढी नोक्साने भईरहेको बेलामा केही विलियन डलर खर्च गर्नु केही आपत्ति नभएको बताए । बिल एण्ड मेलिण्डा फाउण्डेशनले कोरोना रोकथामका लागि १ करोड डलर सहयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL