Logo

कोरोनाले जकडिएको अमेरिकाले ल्यायो २ ट्रिलियन डलरको राहत प्याकेज, प्रत्येक नागरिकलाई १२ सय डलर दिने

कोरोनाले जकडिएको अमेरिकाले ल्यायो २ ट्रिलियन डलरको राहत प्याकेज, प्रत्येक नागरिकलाई १२ सय डलर दिने



काठमाडौं । अमेरिकी तल्लो सदनले २ ट्रिलियन डलर बराबरको विधेयक पारित गरेको छ । यो अहिलेसम्म अमेरिकी सदनमा पारित भएको सबैभन्दा ठूलो आर्थिक प्याकेज हो ।

राहत प्याकेज को कानुनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । उनले शुक्रबार राति हस्ताक्षर गरेपछि अमेरिकाको इतिहासमै सबैभन्दा बढी राहत प्याकेज स्थापना भएको छ ।

सीएनएनका कारण अमेरिकी संसद कँग्रेसले पारित गरेपछि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन् । कोरोना भाइरससँगको संक्रमणका कारण अर्थतन्त्रमा संकट आएपछि योसँग जुध्न यसको प्रयोग हुनेछ । राहत साना अमेरिकी कामदार, साना व्यवसाय र उद्योग, स्वास्थ्य, बेरोजगार भत्तालगायतमा खर्च हुने जनाइएको छ ।

यसअघि अमेरिकामा पहिलोपटक ३३ लाख मानिसहरुले बेरोजगार भत्ताको आवेदन दिएका थिए । कोरोना भाइरसका कारण अमेरिकामा लाखौंको जागिर गएको र कतिपयको संकटमा परेको छ ।

कोरोना भाइरससँग जुध्नका लागि यो विधेयक पारित गरिएको हो । यो प्याकेजलाई लिएर बनेको विधेयकलाई यसअघि नै त्यहाँको सिनेटले पारित गरिसकेको छ ।

यो विधेयकअनुसार अब प्रत्येक वयष्क अमेरिकीले १२ सय डलर बराबरको चेक पाउनेछन् । तर, उनीहरुको वार्षिक आम्दानी ७५ हजार डलरभन्दा कम भएको हुनुपर्नेछ ।

यो प्याकेजअनुसार अब त्यहाँ प्रत्येक बच्चाका बाबुआमालाई पाँच सय डलर दिइनेछ । विधेयकले अहिले नै त्यहाँका प्रान्तीय सरकार तथा बेरोजगारहरुलाई पनि पैसा दिने व्यवस्था गरेको छ ।

‘हाम्रो देश अहिले आर्थिक र स्वास्थ्य इमरजेन्सीमा छ,’ सदनकी सभामुख नेन्सी पेलोसीले भनेकी छिन्, ‘यसले केही राहत दिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL