Logo

अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो, ३ लाख बेरोजगार रहेको सरकारी अनुमान

अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो, ३ लाख बेरोजगार रहेको सरकारी अनुमान



काठमाडौं । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जानकारी दिएको छ ।

बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या २ लाख ११ हजार पुगेको बिभागले जानकारी दिएको हो ।

अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान अनुसार ३ लाखभन्दा मुनि रहेको छ । अधिकारीहरुका अनुसार तथ्याङ्क विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको श्रम बजार निकै नाजूक अवस्थामा रहेको छ ।

तर अमेरिकी श्रम बजारमा गत डिसेम्बरमा अमेरिकी कम्पनीहरुले १ लाख ४५ हजार नयाँ रोजगार सिर्जना गरेका छन् । यद्यपि गत नोभेम्बरमा यस्तो रोजगारी सिर्जना करिब २ लाख ५६ हजार हुने पूर्वानुमान गरिएको थियो ।

अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा हाल बेरोजगार दर ३ दशमलब ५ प्रतिशत पुगेको छ/रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL