Logo

जापानमा चामलको मूल्य दोब्बर, प्रधानमन्त्रीमाथि दबाब

जापानमा चामलको मूल्य दोब्बर, प्रधानमन्त्रीमाथि दबाब



काठमाडौं । जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यसले यो सप्ताहन्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब सिर्जना गरेको छ ।

इशिबाको प्रशासनको सार्वजनिक समर्थन गत वर्ष पदभार सम्हालेदेखि सबैभन्दा तल्लो स्तरमा खसेको छ । यसको आंशिक कारण जीवनयापनको लागतलाई लिएर भएको निराशा हो ।

निराशाको एउटा मुख्य स्रोत मुद्रास्फीति र विशेष गरी चामलको बढ्दो मूल्यका साथै सत्ताधारी दलभित्रका घोटालाहरू रहेका छन् ।

चामलको मूल्य पहिले नै मे महिनामा एक सय एक प्रतिशतले बढेको थियो । यो अप्रिलमा ९८ दशमलव चार प्रतिशत र मार्चमा ९२ दशमलव पाँच प्रतिशतभन्दा बढी बढेको थियो ।

समग्रमा जापानको मूल मुद्रास्फीति दर गत महिना मेको तीन दशमलव सात प्रतिशतबाट घटेर तीन दशमलव तीन प्रतिशत भएको गृह मन्त्रालयलको तथ्याङ्कले देखाएको छ ।
अस्थिर ताजा खाद्यान्न मूल्यहरूलाई नहेर्ने यो अध्ययन बजारको तीन दशमलव चार प्रतिशतको अपेक्षाभन्दा थोरै कम थियो ।

ऊर्जा र ताजा खाना बाहेक उपभोक्ता मूल्य तीन दशमलव चार प्रतिशतले बढेको छ । यो मे महिनामा तीन दशमलव तीन प्रतिशत थियो ।

आइतबारको निर्वाचनअघि गरिएको जनमत सर्वेक्षणले माथिल्लो सदनमा सत्तारूढ गठबन्धनले आफ्नो बहुमत गुमाउन सक्ने सङ्केत गरेको छ ।

यसले इशिबालाई एक वर्षभन्दा कम समयमा राजीनामा दिन बाध्य पार्न सक्छ ।

अक्टोबरमा उनकाे गठबन्धनले शक्तिशाली तल्लो सदनमा बहुमत गुमाएको थियो ।
यो सन् १९५५ देखि लगभग निरन्तर जापानमा शासन गर्दै आएको लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० का लागि १५ वर्षयताकै सबैभन्दा खराब निर्वाचन परिणाम थियो ।

प्रतिक्रिया दिनुहोस्